उज्यालोतिर उपन्यासमा अभिघात चेतना {Traumatic Consciousness in the Novel Toward 'the Light'}
DOI:
https://doi.org/10.3126/tribj.v1i1.53582Keywords:
सिक्वेल लेखन, सशस्त्र द्वन्द्व, त्रासदी, अभिघात, छापामारAbstract
प्रस्तुत लेखमा पाश्चात्य समालोचनाका क्षेत्रमा उत्तरआधुनिक समयमा विकास भएको अभिघात सिद्धान्तका आधारमा उपन्यासकार शंकरप्रसाद गैरेको उज्यालोतिर उपन्यासलाई विश्लेषण गरिएको छ । अभिघात सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा सशक्त रूपमा देखापरेको उत्तरआधुनिकतावादी चिन्तनको सशक्त अभियान हो । कुनै युद्धजन्य प्रहार अनि मानवीय व्यवहारबाट लाग्ने शारीरिक तथा मानसिकजन्य चोटको कारण र अवस्थालाई प्रकाश पार्ने काम यस सिद्धान्तले गर्दछ । उज्यालोतिर उपन्यासमा प्रयुक्त अभिघातका सन्दर्भहरूलाई पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । अभिघात चेतनाका आधारमा उज्यालोतिर उपन्यासलाई विश्लेषण गरी निष्कर्षमा पुग्नु नै यस अध्ययनको मूल उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका आधारमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले यस लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । उज्यालोतिर उपन्यास पुण्यप्रसाद प्रसाईँको ‘छापामार’ उपन्यासको पुनर्लेखन हो । यस उपन्यासमा उपस्थित भएका पूर्वपृष्ठभूमिका पात्रहरू नेपालको दसबर्से सशस्त्र द्वन्द्वको प्रहार सहन विवश भएको अवस्थाको वर्णन गरिएको छ । प्रमुख पात्र सत्य अभाव, गरिबी र विभिन्न घातप्रतिघात सहेर अभिघातको सिकार हुन पुगेको कुरालाई निरूपण गरी सशस्त्र सङ्घर्षका साथै नियति निर्दिष्ट घातप्रतिघातका कारण अभिघात अनुकूल बनेर आएको छ । यस क्रममा शोधविधिको उपयोग गरिएको छ । अभिघातजन्य परिस्थितिको निर्माण हुनुले अभिघातको सैद्धान्तिक पृष्ठभूमिलाई आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन व्याख्यात्मक र वर्णनात्मक ढङ्गले अध्ययन विश्लोण गरी व्यवस्थापन गरिएको छ । उज्यालोतिर उपन्यासका उपन्यासकारले विविध कारणबाट अभिघातको पीडा भोग्न विवश हुनुका साथै प्रहारबाट मर्माहत बनेका पात्रहरूको अभिघातित अवस्थालाई प्रकाश पार्नु नै यस लेखको मूलभूत निचोड रहेको छ ।