यारी सङ्ग्रहका कविताको बिम्ब विश्लेषण

Authors

Keywords:

अभिव्यञ्जनात्मक, इन्द्रियगत, आस्वाद्य, घ्राण, बिम्बात्मकता, तरलता, प्रतिरोधी

Abstract

प्रस्तुत लेख भूपाल राईको ‘यारी’ कवितासङ्ग्रको बिम्बविश्लेषणमा आधारित छ। बिम्ब जीवन जगत्प्रतिका कविका अमूर्त भावनालाई मूर्तता प्रदान गर्ने र विचारलाई इन्द्रियसंवेद्य अनुभूतिसहित सम्प्रेषण गर्ने काव्यिक युक्ति हो । बिम्बविश्लेषणका लागि प्रस्तुत लेखमा सैद्धान्तिक ढाँचाको मूल आधारकाव्य बिम्बअन्तर्गत लेविस (सन् १९६१) कृतिमा प्रस्तुत सिद्धान्तलाई बनाइएको छ। बिम्बविश्लेषण कविताको भाव र विचार सम्प्रेषणसँग सम्बन्धित ऐन्द्रियिक अनुभूतिसम्बद्ध शिल्प विवेचनाको विषय हो । समालोचनाका क्षेत्रमा योकृतिमा संयोजितविविध इन्द्रियगत संवेदनासहितका अभिव्यक्तिको भूमिका एवम् तिनको सम्प्रेषणका क्रममा हुने वैचारिक मूर्तताको प्रभाव पहिचानमा केन्द्रित रहन्छ । यो रचनामा निहित काव्यात्मक बिम्बहरूको तरलताबाट अर्थलाई ठोस स्वरूप प्रदान गर्ने शिल्पगत पद्धति हो । यसले भाषिक युक्तिमार्फत साहित्यिक पाठमा रहेको विचार, चेतना र अनुभूतिको प्रवाह जस्ता रचनाको अर्थसम्बद्ध पक्षहरूको खोजी गरी तिनको प्रायःोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘यारी’ सङ्ग्रहका कविताको बिम्बविश्लेषण अन्तर्गगत यस आलेखमादृश्य बिम्ब, श्रव्य बिम्ब, स्पर्श बिम्ब र घ्राण बिम्ब पहिचान गरी विश्लेषणगरिएको छ । एकल सांस्कृतिक व्यवस्थामा अभ्यस्त नेपाली समाजको अनुदार चरित्र, त्यसको प्रभावमा कुन्ठित हुँदै गएको व्यक्तिको स्वतन्त्रता, पहिचान र सृष्टिको प्राकृतिक चक्र पुनःनिर्माण तथा समर्पण, सामीप्यता र हार्दिकताको बिम्बात्मक प्रसार एवम् विभेदको विरोध र आपसी सद्भावको खोजीकातथा अभिव्यञ्जनात्मक स्वरूपको प्रतिरोधी अभिव्यक्तिलाई इन्द्रियसंवेद्य ढङ्गले सम्प्रेषण गर्नका लागि प्रस्तुत कवितामा गरिएको बिम्बविधान प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।
     

Abstract
6
PDF
3

Author Biography

Bindu Sharma, रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौ

उपप्राध्यापक

 

Downloads

Published

2026-08-07

How to Cite

Sharma, B. (2026). यारी सङ्ग्रहका कविताको बिम्ब विश्लेषण. Terhathum Multiple Campus Research Journal, 9(4), 35-48. https://doi.org/10.3126/tmcrj.v9i4.98732

Issue

Section

Articles

How to Cite

Sharma, B. (2026). यारी सङ्ग्रहका कविताको बिम्ब विश्लेषण. Terhathum Multiple Campus Research Journal, 9(4), 35-48. https://doi.org/10.3126/tmcrj.v9i4.98732