पीडाभित्रको आक्रोश संस्मरणात्मक निबन्ध सङ्ग्रहमा महिला विद्रोहको स्वरूप

Authors

Keywords:

उत्पीडन, पितृसत्ता, महिलाविद्रोह, महिलामुुक्ति, माक्र्सवाद, साम्यवाद

Abstract

प्रस्तुत लेखमा ‘पीडाभित्रको आक्रोश’ संस्मरणात्मक निबन्धसङ्ग्रहमा अभिव्यक्त महिला विद्रोहको स्वरूपको विश्लेषण गरिएकोछ । ‘पीडाभित्रको आक्रोश’ माओवादी जनयुद्धमा संलग्न महिला योद्धाहरूले जनयुद्धका क्रममा अनुभूत गरेका विविध अनुभव र अनुभूतिहरू, युद्धभूमिमा आफन्त र सहयोद्धा गुमाउँदाका पीडा, आक्रोश, वेदनाका साथै जनयुद्ध, वर्गसङ्घर्ष, वर्गमुुक्ति, नारीमुुक्ति, समाजव्यवस्था, सङ्घर्षको अपरिहार्यता र परिवर्तनका सन्दर्भमा उनीहरूका विचार र दृष्टिकोणहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका संस्मरणहरूले जनयुद्धका विविध आरोह अवरोहका साथै यसमा सहभागी भएर महिलाहरूले प्रदर्शन गरेको साहस, त्याग, वीरता, शौर्यका साथै साम्यवादी समाज निर्माणको उच्च आकाङ्क्षासहितका माक्र्सवादी विचारहरू उदात्त रूपमा अभिव्यक्त गरेका छन् । माक्र्सवाद, लेनिनवाद र माओवादका आलोकमा सङ्गो उत्पीडित जनसमुदायका निम्ति गरेको महान् जनयुद्धका प्रक्रियामा अङ्ग्र मोर्चामा रही युद्ध गरेका नेपाली महिलाका विचार, अनुभूति र सांस्कृतिक मूल्यबोधलाई विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यी निबन्धको विश्लेषणका लागि समाजको स्वरूप, वर्गव्यवस्था, वर्गमुुक्ति र महिला मुुक्तिसम्बन्धी माक्र्सवादी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरी सोद्देश्य नमुनाछनोट विधिका माध्यमबाट तथ्यहरूको सङ्कलन गरी विश्लेषण गरिएको छ । यस अध्ययनबाट नेपाली जनयुद्ध वर्गीय, जातीय, लिङ्गीयलगायत विभिन्न दृष्टिले उत्पीडनकारीपितृसत्तात्मक राज्यव्यवस्थाका विरुद्ध हो र समतामूलक समाजको निर्माण गर्नु यसको उद्देश्य हो भन्ने निष्कर्ष प्राप्त भएको छ । यस सङ्ग्रहमा सङ्गृहीत संस्मरणहरूमा वर्गीय व्यवस्थाको समूल अन्त्य भएमा मात्र महिलामुुक्ति सम्भव छ भन्ने विचार मूल रूपमा प्रवाहित भएको छ ।
  

Abstract
4
PDF
3

Author Biography

Amrita Devi Sharma, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2026-08-07

How to Cite

Sharma, A. D. (2026). पीडाभित्रको आक्रोश संस्मरणात्मक निबन्ध सङ्ग्रहमा महिला विद्रोहको स्वरूप. Terhathum Multiple Campus Research Journal, 9(4), 15-34. https://doi.org/10.3126/tmcrj.v9i4.98731

Issue

Section

Articles

How to Cite

Sharma, A. D. (2026). पीडाभित्रको आक्रोश संस्मरणात्मक निबन्ध सङ्ग्रहमा महिला विद्रोहको स्वरूप. Terhathum Multiple Campus Research Journal, 9(4), 15-34. https://doi.org/10.3126/tmcrj.v9i4.98731