लाहुुरी भैँसी कथामा वर्गसङ्घर्ष

Authors

  • Sunil Aryal Drabya Shah Multiple Campus

DOI:

https://doi.org/10.3126/tjdmc.v4i1.92403

Keywords:

वर्गसङ्घर्ष, माक्र्सवाद, भौतिकवादी, द्वन्द्वात्मक, दर्शन

Abstract

लाहुरी भैँसी कथामा वर्गसङ्घर्ष शीर्षकको प्रस्तुत अध्ययनपत्र वर्गसङ्घर्षको विश्लेषणमा आधारित छ । वर्गसङ्घर्षले साहित्यिक कृतिमा ‘समुदायका मानिसहरुको आर्थिक अवस्था के कस्तो छ र तिनलाई कसरी चित्रण गरिएको छ भन्ने तथ्यलाई प्रष्ट पार्छ । यस अध्यनको मुख्य उद्देश्य  कथामा रहेका वर्गसङ्घषका विभिन्न पक्षहरुलाई केलाउनु रहेको छ ।  प्रस्तुत अध्ययन साहित्यिक अध्ययनसँग सम्बन्धित हुनाले यो गुणात्मक विधि तथा पुस्तकालय कार्यमा आधारित छ । यस अध्ययनमा प्राथमिक र द्वितीयक स्रोत सामग्री रहेका छन् । प्राथमिक सामग्रीका रूपमा विश्लेष्य कथा छ भने द्वितीयक सामग्रीका रूपमा माक्र्सवादका सम्बन्धमा भएका अध्ययन, समीक्षा, भूमिका, फुटकर लेखहरूका साथै माक्र्सवाद सम्बद्ध पुस्तक तथा लेख रचनाहरू रहेका छन् । यी छनोट  गरिएका सामाग्रीको अध्ययन गर्दा अध्ययनप्रश्न र निर्धारित उद्देश्यहरूको परिधिभित्र सीमित रहनुका साथै कथामा रहेको वर्गसङ्घर्र्षका आधारमा मात्र केन्द्रित भई अध्ययनको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनको सैद्धान्तिक आधार  माक्र्सवादी सिद्धान्त रहेको छ । यस सिद्धान्तका आधारमा अध्ययनका लागि छनोट गरिएको रमेश बिकलको लाहुरी भैँसी कथाको कथानक, पात्र र परिवेशको वर्गसङ्घर्षजस्ता पक्षको पहिचान गरी विश्लेषण  गरिएको छ । यस अध्ययनमा वर्गसङ्घर्षका पक्षमा विचार विर्मश भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Sunil Aryal, Drabya Shah Multiple Campus



Downloads

Published

2026-03-31

How to Cite

Aryal, S. (2026). लाहुुरी भैँसी कथामा वर्गसङ्घर्ष . The Journal of DMC, 4(1), 178–187. https://doi.org/10.3126/tjdmc.v4i1.92403

Issue

Section

Articles