शिक्षण अभ्यासमा शैक्षिक सामग्री प्रयोग र अभ्यास
DOI:
https://doi.org/10.3126/tjdmc.v4i1.92401Keywords:
अवलोकन, छात्रशिक्षक, भाषाशिक्षण, शिक्षण अभ्यास, शैक्षिक सामग्रीAbstract
शिक्षाशास्त्र सङ्कायको गहना भनेकै शिक्षण अभ्यास हो । स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा शिक्षण अभ्यासमा विद्यार्थीहरू अनिवार्य विषयका रूपमा यो कार्यमा संलग्न हुनु पर्दछ । छात्रशिक्षकहरूले सैद्धान्तिक रूपमा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न लगाउने तथा उनीहरूलाई शिक्षण र यससँग सम्बन्धित कार्यहरूमा संलग्न गराई शिक्षणसम्बन्धी दक्षता अभिवृद्धि गराउने सन्दर्भमा अभ्यास शिक्षणको उच्च भूमिका रहन्छ । यसैक्रममा शिक्षण अभ्यासमा संलग्न छात्रशिक्षकहरूको बाह्य परीक्षण गर्दा उनीहरूले प्रयोग गरेका शिक्षण सामग्रीको समेत मूल्याङ्कन गर्नुपर्ने हुन्छ । मूल्याङ्कनको समयमा भए गरेका र देखिएका केही पक्षले यो लेखको समस्याको काम गरेको छ । लेखका लागि कक्षा अवलोकन र छात्रशिक्षकसँगको कुराकानीले थप उत्प्रेरित गरेको छ । लेख निर्माणमा गुणात्मक अध्ययन ढाँचालाई अवलम्बन गरिएको छ । सामुदायिक र आङ्गिक गरी पाँच क्याम्पसका सम्भावनायुक्त नमुना छनोटमा परेका जम्मा २५ छात्रशिक्षकको कक्षा अवलोकन र सामग्री अवलोकनका साथै उनीहरूसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ । प्राथमिक तथा द्धितीय स्रोतका तथ्याङ्कको प्रयोग गरिएको यो लेखमा छात्रशिक्षकको सामग्री निर्माण र प्रयोगको अवस्थालाई उजागर गरी नेपाली भाषाशिक्षणमा शिक्षण सामग्रीको महत्वका बारेमा समेत व्याख्या गरिएको छ । यो लेखको उद्देश्य स्नातक तह चौथो वर्षमा अनिवार्य विषयका रूपमा रहेको अध्यापन अभ्यासमा संलग्न छात्र शिक्षकहरूको शिक्षण सामग्रीको निर्माण र प्रयोगको स्थितिको उजागर गर्नु रहेको छ । छात्रशिक्षकले सामग्रीको निर्माण र प्रयोगमा केही थप अध्ययन र प्रयोग अभ्यासमा जोड दिनु पर्र्ने यसको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.