नेपाली भाषा शिक्षणमा सहकार्यात्मक सिकाइका कार्यकलापका चुनौती
DOI:
https://doi.org/10.3126/tjdmc.v4i1.92378Keywords:
सहकार्यात्मक सिकाइ, चुनौती, सक्रियता, सहभागिता, मनोवृत्तिAbstract
सहकार्यात्मक सिकाइ विद्यार्थी केन्द्रित कार्यकलाप हो । यसले विद्यार्थीको सक्रिय सिकाइमा जोड दिन्छ । साथै यो साथीहरूको सहयोग र सहकार्यका आधारमा सिक्न सकिन्छ भन्ने मान्यतामा आधारित छ । प्रस्तुत अध्ययन नेपाली भाषा कक्षाकोठामा सहकार्यात्मक सिकाइका चुनौतीहरू पहिचान गर्ने उद्देश्यले तयार पारिएको छ । यो अध्ययन गुणात्मक अनुसन्धानअन्तर्गत फेनोमेनोलोजी ढाँचामा आधारित रहेर तयार गरिएको छ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकालाई शोधक्षेत्रका रूपमा लिई उद्देश्यमूलक नमुना छनोट विधिबाट पाँच जना नेपाली भाषा शिक्षकहरूलाई छनोट गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि गहन अन्तर्वार्ता विधि अपनाइएको छ । प्राप्त तथ्याङ्कहरूलाई सार विश्लेषण पद्धतिबाट विश्लेषण गरी नतिजा निकालिएको छ । कक्षाकोठामा परम्परागत शिक्षण विधि, विद्यार्थी सङ्ख्या र उनीहरूको बसाइ, विद्यार्थी सहभागिता र सक्रियता, समय र सामग्रीको असहजता एवम् शिक्षकको पेसागत विकास र मनोवृत्तिलाई मुख्य चुनौतीका रूपमा लिइएको छ । यस्ता चुनौतीहरूलाई न्यूनीकरण गरी नेपाली भाषा शिक्षणमा सहकार्यात्मक सिकाइलाई उपयोग गर्न सकिन्छ । नेपाली भाषा शिक्षणलाई विद्यार्थी केन्द्रित र उपलब्धिमूलक बनाउन सहकार्यात्मक सिकाइ उपयोगी हुन्छ । त्यसका लागि सहकार्यात्मक सिकाइका चुनौतीहरूलाई न्यूनीकरण गर्न आवश्यक छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.