व्यवहारिक लेखन तथा सम्पादन विषयको कक्षाकोठामा गरिने व्यावहारिक प्रयोग र प्रभावकारिता

Authors

  • Bhgawoti Adhikari Tribhuvan University

DOI:

https://doi.org/10.3126/tjdmc.v4i1.92374

Keywords:

व्यावहारिक लेखन, भाषिक सम्पादन, प्रशासनिक लेखन, कानुनी लेखन

Abstract

प्रस्तुत अध्ययन त्रिभुवन  विश्वविद्यालय  शिक्षाशास्त्र स्नातक तह चौथो वर्षको  व्यावहारिक लेखन तथा सम्पादन  विषयको कक्षाकोठामा गरिने व्यावहारिक  प्रयोग र प्रभावकारितासँग सम्बन्धित छ । यस अध्ययनको उद्देश्य निर्दिष्ट विषयको कक्षाकोठामा गरिने व्यावहारिक प्रयोग र प्रभावकारिताको पहिचान गर्नु रहेको छ । यस लेखमा  गुणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यस अध्ययनमा सर्वेक्षणात्मक विधिमा आधारित रहेर उद्देश्यमृ ्लक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहको प्रथम सत्रमा अध्ययनरत ४ जना र निर्दिष्ट पाठ्यांश प्ृरा गरेका २ जना गरी जम्मा ६ जना विद्यार्थीलाई नमुनाको रूपमा लिएर उनीहरूको प्रतिक्रियाको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा भाषासम्पादन तथा पाण्डुलिपि सम्पादन अपेक्षाकृत प्रभावकारी हुन नसकेको पाइएको छ ।  शिक्षकले परम्परागत ढाँचालाई प्राथमिकता दिएर सैद्धान्तिक शिक्षण अत्यधिक गराएको पाइयो । यसमा अभ्यासात्मक कार्यमा नमुना ढाँचा तयार गर्न गाह्रो लागेर परीक्षामुखी अध्ययन गरिएको छ । अघिल्ला कक्षा वा तह र पछिल्ला कक्षा वा तहहरूमा पनि समावेश गर्नसकेमा अधिक प्रभावकारी हुने देखिन्छ । उक्त विषयको कार्यान्वयन पक्ष प्ृर्ण रूपमा प्रायोगिक हुन नसकेको, व्यावहारिक रूपमा यसको प्रभाव न्यून परेकोले कार्यान्वयन अझ वैज्ञानिक र अनिवार्य रूपमा लागू गर्नुपर्ने विद्यार्थीको प्रतिक्रियाको आधारमा निष्कर्ष निकालिएको छ । पाठ्यांश कार्यान्वयनमा एकरूपता ल्याउनका लागि आवश्यकता अनुसारका अभ्यासात्मक कार्यक्रमहरू सञ्चालनमा सम्बन्धित पक्षको विशेष ध्यानाकर्षण हुन आवश्यक देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-03-31

How to Cite

Adhikari, B. (2026). व्यवहारिक लेखन तथा सम्पादन विषयको कक्षाकोठामा गरिने व्यावहारिक प्रयोग र प्रभावकारिता . The Journal of DMC, 4(1), 136–151. https://doi.org/10.3126/tjdmc.v4i1.92374

Issue

Section

Articles