औपन्यासिक तत्वका आधारमा उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासको अध्ययन

Authors

  • वासुदेव गौतम त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौं https://orcid.org/0009-0001-6312-6175

Keywords:

कथानक, चरित्रचित्रण, दृष्टिबिन्दु, परिवेश, पात्र, भाषशैली, शीर्षक, सारवस्तु

Abstract

औपन्यासिक तत्वका आधारमा उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासको विश्लेषण गर्नु प्रस्तुत औपन्यासिक तत्वका आधारमा उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासको अध्ययन शीर्षकको यस अध्ययनका मुख्य उद्देश्य रहेको छ । यस  उपन्यासको कथावस्तुमा विसङ्गतिको थुप्रो लागेको अवस्था छ । प्रस्तुत उपन्यासको आरम्भ रविको इमानदारिता र लक्ष्मीको धूर्तताबाट हुन्छ ।  ‘दीप्तिमान’ पत्रिकामा काम गर्दा लक्ष्मीले पत्रकारितालाई पैसा कमाउने माध्यम बनाएको, प्रसाद राजाको चाकडी भएको, रुक्मिणी, सवितालाई वेश्या बनाएको, आन्दोलन दबाउन हदैसम्म कोसिस गरेको, लक्ष्मीले काठमाडौँमा घर बनाएको जस्ता घटना उपन्यासमा आएका सङ्घर्ष विकासका घटना हुन् । रवि पत्रिका र प्रसाद राजाको जागिर छोडेर आन्दोलनमा सरिक हुनु, रोजिना र लक्ष्मीलाई आफ्नी प्रेमिकाका घरमा रविले राख्नु लक्ष्मीले यी दुवै पात्रलाई गर्भवती बनाउनु, बहुदलीय व्यवस्था पुनस्र्थापित हुनु उपन्यासमा देखिएका सङ्कटका अवस्थाहरू हुन् । चैतेहरूले चुनाव जित्नु र रविजस्ता पात्रहरू छुरी रोपिएर सङ्घर्षपूर्ण जीवन बाँच्न बाध्य हुनु चरम घटना हो भने लक्ष्मीलाई मृत्युबोधले सताएको घटना सङ्घर्ष ह्रासका हुन् । उपसंहारका रूपमा रवि छुरी धसिएको अवस्थामा घाइते बनेर हिँड्नु, अपराधी अवसरवादी र पहुँचवाला भएकोले कुनै सजाय नपाउनुमा उपन्यासको कथानकको अन्त भएको छ । यस उपन्यासका लक्ष्मी र रवि प्रमुख हुन् । चन्द्रप्रसाद राजा, दीप्तिमान र शिवराज सहायक पात्र हुन् भने रोजिना, प्रतिभा, अमिता, अनिता, सविता रुक्मिनी शीला, मुकुन्द, सिलवाल, केसी, माली, लक्ष्मीकी आमा र बहिनी, पद्मनाथ आदि गौण पात्र हुन्  ।  प्रस्तुत उपन्यासको परिवेशले काठमाडाँैली सेरोफेरोलाई समेटेको छ । समयका हिसाबले पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदल आएपछि अवसरवादीहरू फेरि अर्को व्यवस्था र दलमा मन्त्रीसमेत बन्न सफल भएको परिवेश चित्रित छ । लक्ष्मी ‘म’ पात्रका रूपमा प्रस्तुत हुनुले प्रथम पुरुष वा आन्तरिक दृष्टिविन्दु प्रयोग भएको मानिन्छ । यसमा लक्ष्मी प्रवृत्तिका खलनायक पात्रको विजय र रवि प्रवृत्तिका सच्चरित्रवान् पात्रको पराजयले सामाजिक नैतिक मूल्यमा ह्रास गराएको कुरा सारवस्तुका रूपमा रहेको देखिन्छ । यस उपन्यासमा कवितात्मक, अनौपचारिक शैली, स्वतन्त्र अप्रत्यक्ष कथानकको प्रयोग भएको छ । उपन्यासको शीर्षकमा भएको चौथो अन्त्यले उपन्यासमा भएका चार अन्त्यमध्ये सारभूत अन्त्य भने चौथो अन्त्य हो भन्ने कुरा उल्लेख गरेको छ । 

Abstract
18
PDF
4

Downloads

Published

2026-07-31

How to Cite

गौतम व. (2026). औपन्यासिक तत्वका आधारमा उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासको अध्ययन. Teacher Half-Yearly Journal, 18(1). https://doi.org/10.3126/thj.v18i1.97916

Issue

Section

Research Articles

How to Cite

गौतम व. (2026). औपन्यासिक तत्वका आधारमा उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासको अध्ययन. Teacher Half-Yearly Journal, 18(1). https://doi.org/10.3126/thj.v18i1.97916