प्राज्ञिक लेखनसम्बन्धी नेपाली शिक्षाका विद्यार्थीको दृष्टिकोण

Authors

  • शक्तिराज नेपाल त्रिभुवन विश्वविद्यालय, ग्राजुयट स्कुल अफ एजुकेसन, कीर्तिपुर, काठमाडौं https://orcid.org/0009-0009-2631-5530

Keywords:

अभ्यास, औपचारिक, परिष्कृत, प्राज्ञिक, फेनोमेनोलोजिकल, बौद्धिक

Abstract

प्रस्तुत लेख उच्च तहका विद्यार्थीको प्राज्ञिक लेखनसम्बन्धी जीवन्त अनुभवको विश्लेषण गर्नमा केन्द्रित छ । एमफिल तहका नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखनसम्बन्धी अवधारणा, अभ्यास र यसको गतिविधिमा भोगेका समस्या तथा चुनौतीको सामनाका विषयलाई मुख्य समस्या र उद्देश्य बनाइएको छ भने गुणात्मक अनुसन्धानात्मक विधिलाई लेखमा अपनाइएको छ । त्यस विधिमध्ये फेनोमेनोलोजिकल अध्ययन ढाँचालाई प्रयोग गरिएको यस अध्ययनमा एमफिल नेपाली शिक्षा अध्ययन गर्ने तीनजना अनुसन्धातालाई सोद्देश्यमूलक नमुना विधिका आधारमा छनोट गरी अनौपचारिक अन्तर्वार्ताका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । प्राज्ञिक लेखनमा भोगेका विशेष अनुभवका आधारमा अवधारणात्मक पक्ष, अभ्यास र समस्या तथा चुनौतीको पक्ष गरी जम्मा चार वटा थिममा आधारित तथ्याङ्कको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखनको शब्दको जटिलताका कारण यसका विभिन्न पक्ष तथा शैलीको प्रयोग र अभ्यास गरिँदै आए तापनि आजसम्म प्राज्ञिक लेखनको अवधारणात्मक पक्षमा प्रस्ट जानकारी भइनसेको प्रतिक्रिया पहिलो थिममा प्राप्त भएको छ भने प्राज्ञिक लेखनसम्बन्धी प्रत्यक्ष अभ्यास गरिएकै छैन भन्ने आसयको प्रतिक्रिया प्राप्त भएको छ । त्यसैगरी विभिन्न प्रकृतिका प्राज्ञिक लेखनका अभ्यास स्नातक तहदेखि नै गर्दै आएको र यसलाई सामान्य लेखनभन्दा फरक लेखनका रूपमा अपनाउँदै आएको प्रतिक्रिया प्राप्त भएको छ । प्राज्ञिक सामग्री चिन्ने, भाषा प्रयोग, शब्दावली चयन तथा प्रयोग र प्राध्यापकहरू बिचका मतभेदलाई घटाउने जस्ता समस्या तथा चुनौती भोगिरहेको विषयलाई प्रस्तुत गरिएको छ । अतः प्राज्ञिक लेखनसँग सम्बन्ध जोडिएका विद्यार्थी, अनुसन्धाता, विज्ञ, प्राध्यापक, लेखक आदिलाई प्रत्यक्ष सहयोग पुर्याउने तथा अनुसन्धान गर्ने वा लेखनलाई स्तरीय बनाउन चाहने जोकोहीलाई सहयोग पु¥याउने भएकाले यस लेखको उपयोगिता रहेको छ । 

Abstract
8
PDF
5

Downloads

Published

2026-07-31

How to Cite

नेपाल श. (2026). प्राज्ञिक लेखनसम्बन्धी नेपाली शिक्षाका विद्यार्थीको दृष्टिकोण . Teacher Half-Yearly Journal, 18(1). https://doi.org/10.3126/thj.v18i1.97915

Issue

Section

Research Articles

How to Cite

नेपाल श. (2026). प्राज्ञिक लेखनसम्बन्धी नेपाली शिक्षाका विद्यार्थीको दृष्टिकोण . Teacher Half-Yearly Journal, 18(1). https://doi.org/10.3126/thj.v18i1.97915