सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति

Authors

  • धर्मानन्द पन्त त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौं https://orcid.org/0009-0003-7889-4147

Keywords:

भाषा परिवार, भाषिक स्थिति, भौगोलिक अवस्था, भोट बर्मेली, मातृभाषिक

Abstract

प्रस्तुत अध्ययनको मुख्य उद्देश्य सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति र तिनको भौगोलिक प्रभावको अध्ययन गर्नु रहेको छ । प्रस्तुत अध्ययन मिश्रित ढाँचामा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय प्रक्रियाका माध्यमबाट तथ्य सङ्कलन गरिएको छ । भाषिक स्थितिका आधारमा सुुदूरपश्चिम प्रदेश विविधतायुुक्त छ । वि.सं. २०७८ को जनगणनामा यहाँ ७२ वटा भाषा रहेको देखिन्छ । यस प्रदेशमा खासगरी भारोपेली, भोट बर्मेली र द्रबिडेलीसमेत तीन वटा परिवार रहेका छन् । हिमाली क्षेत्रमा नेपाली भाषाका साथै दार्चुलेली, व्याँसी,  बझाङी र बाजुरेली भाषाहरू प्रमुख रहेका छन् । पहाडी जिल्लाहरूमा बोलिने प्रमुख भाषाहरूका रूपमा नेपाली भाषाका साथै डोट्याली, बैतडेली, अछामी र डडेल्धुरी चारवटा भाषाहरू रहेका छन् । तराईका जिल्लाहरूमा नेपाली, डोटेली, थारू, राना थारू भाषा प्रमुुख छन् । सुदूरपश्चिम प्रदेशमा वक्ता सङ्ख्याका हिसाबले एक लाखभन्दा बढी मातृभाषी वक्ता भएका भाषाहरूको सङ्ख्या पाँच रहेको छ । १० हजारभन्दा बढी मातृभाषी वक्ता भएका भाषाहरूको सङ्ख्या छ रहेको छ ।  एक हजारभन्दा बढी मातृभाषी वक्ता भएका भाषाहरूको सङ्ख्या १३  रहेको छ ।  एक सयभन्दा बढी मातृभाषी वक्ता भएका भाषाहरूको सङ्ख्या २२  रहेको छ भने एक सयभन्दा कम मातृभाषी वक्ता भएका भाषाहरूको सङ्ख्या २६  रहेको छ । अझै पनि सुुदूरपश्चिमको समग्र भाषिक वितरणको समुुचित खोज, अध्ययन हुुन सकेको छैन । यस प्रदेशका भाषाको लेख्य परम्पराको थालनी गरी सरकारी स्तरबाट भाषाहरूको उचित संरक्षण, सम्वर्धन र विकासका लागि व्यवस्थित र योजनाबद्ध कार्य गर्नुु वाञ्छनीय छ ।

Abstract
7
PDF
3

Downloads

Published

2026-07-31

How to Cite

पन्त ध. (2026). सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति. Teacher Half-Yearly Journal, 18(1). https://doi.org/10.3126/thj.v18i1.97914

Issue

Section

Research Articles

How to Cite

पन्त ध. (2026). सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति. Teacher Half-Yearly Journal, 18(1). https://doi.org/10.3126/thj.v18i1.97914