स्नातकोत्तर नेपाली शिक्षा (नेपा.शि.५२४) अन्तर्गत भाषिक परीक्षण विषयक पाठ्यक्रम : एक चर्चा

Authors

  • Ganesh Raj Adhikari त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

DOI:

https://doi.org/10.3126/thj.v17i1.77923

Keywords:

आदानात्मक, पाठ्यक्रम, पाठ्यपुस्तक, प्रदानात्मक, मूल्याङ्कन

Abstract

स्नातकोत्तर नेपाली शिक्षा (नेपा.शि. ५२४) को पाठ्यक्रमको चर्चा गर्नमा प्रस्तुत लेख केन्द्रित छ । स्नातकोत्तर तह, नेपाली शिक्षा (नेपा.शि.५२४) अन्तर्गत भाषिक परीक्षण विषयक पाठ्यक्रमको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । पाठ्यक्रमलाई सिकाइको योजनाका रूपमा लिइन्छ । यसले सिकारुलाई के सिकाउने ? किन सिकाउने ? कति सिकाउने ? कसरी सिकाउने ? भन्ने कुराको स्तरयुक्त, उपयुक्त तथा सार्थक उत्तर दिन्छ । अझ भाषाको पाठ्यक्रमले त भाषिक सिप र भाषागत अर्थ सन्दर्भलाई समेत स्पष्ट पार्दछ । स्नातकोत्तर नेपाली शिक्षाको पाठ्यक्रमले भाषिक सिपलाई प्रायोगिक बनाएर सिकाइमा सक्षमता हासिल गराउने लक्ष्य राखेको छ । गुणात्मक अध्ययन ढाँचाअन्तर्गतका विषयवस्तु र अवधारणात्मक विश्लेषणको ढाँचामा आधारित रही शिक्षक र विद्यार्थीका प्रतिक्रियालाई अध्ययनको स्रोत बनाइएको छ । विषयको विश्लेषणपश्चात् भाषाका आदानात्मक सिपमा रहेका सुनाइ र पढाइलाई प्रयोग र अभ्यासमा ल्याउन सकिने निष्कर्ष निकालिएको छ । प्रदानात्मक सिपमा रहेका बोलाइ र लेखाइ सिपका माध्यमबाट बोध र अभिव्यक्ति दुबै पक्षलाई सार्थक बनाउन सहयोग गर्दछ भन्ने यसबाट देखिएको छ । शिक्षाका राष्ट्रिय उद्देश्यमा आधारित भएर मात्र तहगत तथा विषयगत उद्देश्यलाई सार्थक बनाउन सकिन्छ । बोध र अभिव्यक्तिका माध्यमबाट पाठ्यक्रमको मर्मलाई सार्थक, सुस्पष्ट र स्थापित गर्न सकिन्छ । स्नातकोत्तर तहको यस पाठ्यक्रमले विद्यार्थीमा पहिचानात्मक तथा उत्पादनात्मक दुबै सिपमा दक्ष बनाउन सक्ने देखिन्छ । भाषिक सिपमा दक्ष हुनु भनेको तहगत सक्षमता हासिल गरी स्नातकोत्तर तहको मर्यादा र उपादेयता प्राप्त गर्नु भएकाले प्रस्तुत लेखको उपयोगिता समेत यसमा सीमितरहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
79
PDF
68

Author Biography

Ganesh Raj Adhikari, त्रि.वि., महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ

नेपाली शिक्षा विभाग

Downloads

Published

2025-04-25

How to Cite

Adhikari, G. R. (2025). स्नातकोत्तर नेपाली शिक्षा (नेपा.शि.५२४) अन्तर्गत भाषिक परीक्षण विषयक पाठ्यक्रम : एक चर्चा. Teacher Half-Yearly Journal, 17(1), 360–374. https://doi.org/10.3126/thj.v17i1.77923

Issue

Section

Research Articles