सम्बन्ध विच्छेद : एक विश्लेषणात्मक समीक्षा {Divorce: An Anlytical Review}

Authors

  • हिमाल खड्का मानविकी तथा सामाजिकशास्त्र सङ्काय, त्रियुगा जनता बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/taj.v3i1.71987

Keywords:

पारपाचुके, मुलुकी देवानी संहिता, मिलापत्र, तामेली, मुद्दा खारेज

Abstract

सम्बन्ध विच्छेद्लाई पारपाचुके, त्याग पत्र वा श्रीमान् तथा श्रीमती बिचको अधिकार तथा कर्तव्यको अन्त्य हो । वैवाहिक सम्बन्धलाई कानुनले सम्झौताको रूपमा परिभाषित गरेको छ । जसरी विज्ञान र प्रविधिको उच्चतम विकासले संसारलाई साँघुरो बनाएको छ । त्यसैगरी मानवीय सामाजिक सम्बन्धलाई यसले फराकिलो र जटिल बनाएको छ । मानवीय अन्य सम्बन्धलाई जसरी विश्वव्यापीकरणले मानव अधिकारमुखी हुन टेवा पुर्याएको छ । त्यसैगरी विश्वव्यापीकरण र मानव अधिकारको उपयोगले श्रीमान् तथा श्रीमतीको सम्बन्ध विच्छेद्को सन्दर्भमा उदयपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरू पत्ता लगाइएको छ । अन्य मुद्दाहरूसँगको तुलनामा सम्बन्ध विच्छेद मुद्दाहरूको मात्रा धेरै रहेको पाइयो । हाल विवाहलाई सामाजिक सम्झौताको रूपमा कानुनले ‌औँल्याएका कारण सम्बन्ध विच्छेद गर्न पाउने अधिकारको प्रयोग गर्दा सामाजिक समस्याको रूपमा विकास भएको अवस्था अध्ययन गरिएको छ । वास्तवमा अधिकारको प्रयोगको रूपमा रहेको कारणले मुद्दा दर्ता गर्ने सङ्ख्या अत्याधिक बढ्न गई यसले सामाजिक समस्याको रूप ग्रहण गरेको छ । यो अध्ययनको निष्कर्षको रूपमा हाल उदयपुर जिल्लामा समेत सम्बन्ध विच्छेद गर्ने विवाहितको सङ्ख्या कहाली लाग्दो अवस्थामा रहेको पाइएको छ । सम्बन्ध विच्छेद पछिको अवस्था, स्वयम् व्यक्तिहरूमा आएको सङ्कट, सम्बन्ध विच्छेद हुने कारण, परिवार तथा समाज यसबाट हुने असर र सम्बन्ध विच्छेदी वावुआमाको छोराछोरीको अध्ययन गर्नु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । यो अनुसन्धानले सामाजिक जीवनमा के कारणले सम्बन्ध विच्छेद हुन्छ, कुन-कवुन जाती, महिला वा पुरुष कस्ले सम्बन्ध विच्छेद गर्न पहिला उजुरी दिन्छन् भन्ने कुरा पत्ता लगाउनु रहेको छ । यो उद्देश्यलाई परिपूर्ति गर्न द्वितीय स्रोतको रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय लेखरचना, पुस्तक अध्ययन रहेको छ । सम्बन्ध विच्छेदलाई नेपाली समाजमा नराम्रो दृष्टिकोणले हेरिएतापनि सम्बन्धविच्देद्का घटनाहरू बढ्दै गइरहेका छन् । यसबाट सृजना भएको पारिवारिक असर अझ कहाली लाग्दै हुँदै गइरहेको कारणले यो विषयमा चासो बढेको हो ।

Abstract
35
PDF
27

Downloads

Published

2024-12-16

How to Cite

खड्का ह. (2024). सम्बन्ध विच्छेद : एक विश्लेषणात्मक समीक्षा {Divorce: An Anlytical Review}. Triyuga Academic Journal , 3(1), 281–294. https://doi.org/10.3126/taj.v3i1.71987

Issue

Section

Articles