भाषिक दर्शनका आधारभूत पक्ष र निहित अन्तरवस्तु {Fundamental aspects and inherent content of language philosophy}
DOI:
https://doi.org/10.3126/taj.v3i1.71985Keywords:
अध्यात्म, तर्क, दर्शन, भाषा, सत्यAbstract
जीवन, जगत्सम्बन्धी मान्छेका कौतूहल, आश्चर्य, जिज्ञासा र तर्कका आधारमा निराकरणका उपायसमेत पत्ता लगाउने चिन्तन वा दृष्टिकोणका रूपमा दर्शनलाई लिइन्छ । दर्शनका विविध प्रकारमध्ये भाषिक दर्शनमा आधारित प्रस्तुत अनुसन्धानको उद्देश्य भाषिक दर्शनको अवधारणा स्पष्ट पार्दै तिनका विविध पक्ष र अन्तर्वस्तुको निरूपण गर्नु रहेको छ । भाषिक दर्शनका विविध पक्ष र विशेषता छन् भन्नु प्रस्तुत अनुसन्धानको दाबी हो । प्रस्तुत अनुसन्धान गुणात्मक ढाँचा, उत्तरआधुनिक दर्शन र व्याख्यावादी पद्धतिमा आधारित छ । यसका लागि पुस्तकालयीय कार्यमा आधारित भई द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी तिनको वर्णनात्मक र तुलनात्मक अध्ययन विधिका सहायताले विश्लेषण र मूल्याङ्कन गरिएको छ । सूचनाको विश्लेषणमा साक्ष्य वा उदाहरण र तालिकाको उपयोग आवश्यकतानुसार गरिएको छ । पूर्वअध्येतासँग संवाद गर्दै लेखकीय दृष्टिकोण पनि प्रस्तुत गरी उद्देश्यको पुष्टि गरिएको छ । दाबीमा आधारित तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरिएको छ । दर्शन जीवन र जगत्का समग्र पक्षको अध्ययन गर्ने ज्ञानको शाखा हो । दर्शन र भाषाको सम्बन्ध घनिष्ठ छ । यसका आधारमा पूर्व र पश्चिममा भाषा, व्याकरणसम्बन्धी विविध चिन्तन, दर्शन, सिद्धान्तको अविर्भाव भएको छ । दर्शन वा चिन्तनलाई आलोकित बनाउने सशक्त माध्यम नै भाषा हो । भाषा र आध्यात्मिक तथा भौतिक दर्शन, भाषा र मन, सत्य र अर्थ, भाषा र तर्क, मानव भाषा र मानवेतर भाषा तथा भाषाको उत्पत्तिसम्बन्धी सिद्धान्त भाषिक दर्शनमा नै केन्द्रित छन् । ईश्वर, जगत्, मन, माया, आत्मा, जीव, ज्ञान, कर्म, वैराग्य, मुक्तिजस्ता विषयसँग पनि भाषिक दर्शनको परोक्ष सम्बन्ध देखिन्छ । भाषिक दर्शन र यसका पक्षगत अन्तर्वस्तुप्रति रुचि राख्नेहरूका लागि प्रस्तुत अनुसन्धानबाट सहयोग मिल्ने देखिन्छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Triyuga Janata Multiple Campus
This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
© Triyuga Janata Multiple Campus