आदर्शवादमा रामायणका पात्रहरूका मनोरचना {The mood of Ramayanic characters as per idealism}

Authors

  • कैलाशकुमार राई नेपाली शिक्षा विभाग, त्रियुगा जनता बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/taj.v3i1.71983

Keywords:

आदर्शवाद, अध्यात्मवाद, पूर्वीय आदर्शवाद, अन्ध राष्ट्रवाद

Abstract

प्रस्तुत रामायण मूलतः वाल्मीकि कृत कृति हो । यस कृतिमा आदर्शवादको युगीन नैतिक आध्यात्मिकता वर्णन गरिएको छ । प्रस्तुत लेखमा रामायण वर्णित आदर्शवादी अध्यात्मवादी दर्शनले ल्याएको सामाजिक परिवर्तन पर्गेल्ने प्रयत्न गरिएको छ । लेखका सामाग्रीका रूपमा विभिन्न विद्वानहरूका प्रकाशित कृतिहरू उपयोग गरिएका छन् । ती कृतिहरूबाट सङ्कलित सामाग्रीहरूलाई वर्णात्मक शैलीमा विश्लेषण गरिएका छन् । नेपाली समाजमा रामायणव्दारा प्रशिक्षित अध्यात्मवादी शिक्षाले सामाजिक, सांस्कृतिक क्षेत्रमा ल्याएको परिवर्तन र त्यसले पारेको प्रभावको समीचीन मूल्याङ्कन गरिएको छ । यसका पात्रहरूको वेदना र विषादको भोगाइबाट वर्तमानका प्रविधि समृद्ध नेपालीहरूलाई आत्मिक शान्ति र कर्तव्य परायणताको शिक्षा प्रदान गरेको पाइन्छ । रामायणको मूल शिक्षा राज्य साम, दाम, दण्ड र भेदका नीतिले सञ्चालन हुन्छ । त्यहाँ राज्यभन्दा श्रेष्ठ कुनै वस्तु रहेको छैन । वंशज, ऐश, ऐश्वर्य राज्यको अगाडि त्रृण झैँ हुन्छ भनी वर्णन गरिएको पाइन्छ । तथापि मानव सभ्यता, समृद्धि र शान्तिका दृष्टिले आदर्शवादबाट कल्पना प्राप्त सुख क्षणिक, नाशक र विभ्रम मात्र हो । यसका विषादको चरम स्थिति रहेको छ भन्ने सन्देश पनि पाइन्छ । रामायणबाट सम्पूर्ण पात्रहरू विषादका सागरमा दुखान्तक जीवन भोगेका छन् ।

Abstract
35
PDF
18

Downloads

Published

2024-12-16

How to Cite

राई क. (2024). आदर्शवादमा रामायणका पात्रहरूका मनोरचना {The mood of Ramayanic characters as per idealism}. Triyuga Academic Journal , 3(1), 208–226. https://doi.org/10.3126/taj.v3i1.71983

Issue

Section

Articles