होशले होशियार कवितामा वीर रस {Bravery in the Poem 'Hoshle Hoshiyar'}

Authors

  • Januka Koirala Faculty of Humanities and Social Sciences, Tribhuvan University

DOI:

https://doi.org/10.3126/ta.v6i1.90331

Keywords:

निष्पत्ति, उत्साह, भावक, विभाव, साधारणीकरण

Abstract

प्रस्तुत लेख मूलतः कवि नवराज लम्सालको ‘होशले होशियार’ कवितामा वीररससम्बन्धी अध्ययनमा केन्द्रित छ । कवि नवराज लम्सालले नेपाली साहित्यका फुटकर कविता, महाकाव्य र गीतजस्ता विधामा कलम चलाएका छन् । उनका कर्ण, धरा, अग्नि र कल्प गरी चार महाकाव्य, पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिञ्जेल र क्रमशः एक्लै एक्लै गरी तीन कविता सङ्ग्रह प्रकाशित भएका छन् भने धुनभित्र धुनबाहिर गीतसङ्ग्रह र उडूँ उडूँ लाग्छ बालगीत सङ्ग्रह पनि प्रकाशित छन् । ‘होशले होशियार’ कविता युट्युब र विभिन्न अनलाइनहरूमा सार्वजनिक गरिएको कविता हो । कवितामा प्रयुक्त रसले काव्यको सौन्दर्य, शैली, अर्थ, अभिप्राय र प्रभाकारिता निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै अन्तर्गत वीररसलाई लाई मानेर यस कवितामा विभाव र स्थायीभाव बिचको सम्बन्ध, अनुभाव र स्थायीभाव बिचको सम्बन्ध, व्यभिचारी भाव र स्थायीभाव बिचको सम्बन्ध र ‘होशले होशियार’ कवितामा स्थायीभावको साधारणीकरण र वीररसका आधारमा ‘‘होशले होशियार’ कविताको अध्ययन, अनुसन्धान र विश्लेषण गरिएको छ । कविताको अन्य आधारका साथै रसगत आधार पनि उत्तिकै महत्त्वपूर्ण भएको हुनाले वीररसका दृष्टिले यो कविता अध्ययनीय छ ।

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Downloads

Published

2026-02-02

How to Cite

Koirala, J. (2026). होशले होशियार कवितामा वीर रस {Bravery in the Poem ’Hoshle Hoshiyar’}. THE ACADEMIA, 6(1), 184–196. https://doi.org/10.3126/ta.v6i1.90331

Issue

Section

Research Articles