सहिद कथाको परिवेशविधान {Sahid Kathako Pariveshbidhan}
DOI:
https://doi.org/10.3126/sudurpaschim.v1i1.63473Keywords:
चित्तवृत्ति, पाठकीय प्रभाव, वस्तुजगत, घटनाप्रधान, कथाकालAbstract
प्रस्तुत लेखमा कथाकार गुरुप्रसाद मैनाली प्रणीत ‘सहिद’ कथाको परिवेशको अध्ययन गरिएको छ । सामाजिक, आर्थिक तथा राजनीतिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थानगत, समयगत र वातावरणगत परिवेशको खोजी गर्ने प्रयोजनमा यो लेख केन्द्रित छ । यसका लागि कथाका मुख्य तŒवहरूमध्ये परिवेशलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । प्रस्तुत अध्ययनलाई गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधि अवलम्बन गरी निष्कर्षमा पु¥याइएको छ । यस अध्ययनमा कथाकारले कथामा प्रस्तुत गरिएका घटना र पात्रले कार्यव्यापार गरेका ठाउँ, समय र वातावरणसम्बद्ध भएर आएका उद्धरणका आधारमा कथाको परिवेशविधानलाई विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । प्रस्तुत कथामा स्थानिक परिवेशका रूपमा नेपालभन्दा बाहिरको सहरिया परिवेशको चित्रण भएको छ । प्रमुख कार्य स्थलका रूपमा छिमेकी राज्य भारतको शिक्षा, स्वास्थ र यातायातको सुविधा भएको सहरलाई प्रस्तुत गरेको छ भने गौण कार्य स्थलका रूपमा गायरखपुरको रेल स्टेसन, सरकारी सेना र मुक्ति सेनाका बिच युद्ध भएको कोसी किनारको स्थान रहेका छन् । सूच्य परिवेशका रूपमा नेपाली ग्रामीण क्षेत्र पनि आएको छ । ऐतिहासिक समयसम्बद्ध घटनालाई कथामा प्रस्तुत गरेका कथाकारले कथाकालका रूपमा साढे चार महिनाको अवधिलाई कथ्यमा समेटेका छन् । बाह्यवातावरणगत परिेवेशका रूपमा राणकालीन सत्ता र सत्ताको आडमा समाजका अन्तर्तहसम्म विस्तार भएको सामाजिक विभेद, अशिक्षा, राजनीतिक निरङ्कुशता तथा आन्तरिक वातावरणका रूपमा सामान्य र विशिष्ट चित्तवृत्तिपरक वातावरणका माध्यमबाट कथाको संरचनालाई पूर्णता प्रदान गरेका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.