डोट्याली भाषाका कोटिकार शब्दहरूको अध्ययन {A study of Kotikar words in Dotali language}

Authors

  • नारायणी Narayani भट्ट Bhatta सुदूरपश्चिम विश्वविद्यालय

Keywords:

कोटिकार, एकीकरण, परवर्ती, अपभ्रंश, समृद्ध

Abstract

डोट्याली भाषा सात नं प्रदेशमा बोलिने इन्डो– आर्यन पहाडी मातृभाषा हो । यस लेखमा डोट्याली भाषाका संज्ञाबोधक कोटिकारहरूको सङ्कलन, वर्गीकरण गरिएको छ । नेपाली भाषामा कोटिकारहरूको अध्ययन भए पनि डोट्याली भाषामा कोटिकारहरूको अध्ययन नभएकाले यस लेखमा स्थलगत कार्यविधि अवलम्बन गरी विभिन्न कोटिकारहरूको अध्ययन गरिएको छ । जस्तैः एक जान लोगन्या मान्सु, एक जनि पुतारी । यहाँ ‘जना’ र ‘जनी’ ले मानवीय लिङ्ग भेद छुट्टयाएको छ भने मानवेतर नाममा निको फुलो झड्यो । निकी फुली झडी । निको, निकी र झड्यो, झडी शब्दले विशेषणका साथै क्रियापदमा समेत लिङ्गभेद देखाएको छ । कोटिकार संख्यावाचक शब्द र नामका बीचमा आउने विशेष शब्द हो । सुदूरपश् चिमका नेपाली मातृभाषाहरू लिङ्गभेदमा धनी छन् । मानवीय नाममा लिङ्गभेद छुट्टयाउन जना, जनी प्रयोग भएझैँ मानवेतर नाम (स्तनधारी)मा दुध खान प्रयोग हुने पोथी जनाउन धिन्वा र बाँझो गाई भैँसीका लागि बइल्या कोटिकार प्रयोग गरिन्छ । गोलाकार वस्तुजनाउन दान÷दानो, गेडो÷गेडा, कन्दमूलहरू जनाउन गानो/गान/गाना, सेलो÷सेला, स–साना चिजवस्तुहरू जनाउन चिरो, चनउलो, दिउलो, ब्याँ, कपाट्टो, कपुनो, टुकडो, लाम्चो चिजवस्तु जनाउन कोसोर तरल पदार्थ जनाउन फिको, छिटो, थोपो, तोपो, सिर्को, तउडो, फिर्कोआदि कोटिकारहरू प्रयोग गरेर गणनीय बनाइन्छ । पिठो, मसलाजस्ता मसिना चिजवस्तु जनाउन फाँक स्याउलाहरू जनाउन सउलो, सेटो, उखुलाई आँखलो, सोल्टो, भुतो, नौनी, अचार, घिउजस्ता खानेकुरालाई डल्लो, खेट्टो, चुरोट, सलाई, अगरबत्ती, बिडीजस्ता वस्तुजनाउन खण्डोर सल्काएको चुरोट, बिडी जनाउन फुक, सर्को तथा नुन, मिस्री, गुड जनाउन ढिको, खोडो, कुन्जोजस्ता कोटिकारहरूको प्रयोग गरिएको छ । यसरी डोट्याली भाषामा फरक–फरक चिजवस्तु जनाउन छेप्लो, चिरकिट्टो, धडो, चउडो, कुर्को, कुर्कुट्टो, चोइलो, तान÷ तानो,आँठो, मुठो, किरकिट्टो, किच्या, कित्या, कउल जस्ता थुप्रै कोटिकारहरूको प्रयोग गरिन्छ । यस लेखमा कोटिकारहरूलाई अध्ययनको विषय बनाई समग्रडोट्याली भाषाका कोटिकर शब्दहरूको संरक्षण एवम् सम्बर्द्धन हुनु आवश्यक छ भन्ने सोद्देश् यमूलक सार प्रस्तुत गरिएको छ ।

Abstract
378
PDF
0

Author Biography

नारायणी Narayani भट्ट Bhatta, सुदूरपश्चिम विश्वविद्यालय

उप प्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

डोट्याली भाषाका कोटिकार शब्दहरूको अध्ययन {A study of Kotikar words in Dotali language}. (2023). Sudurpaschim Spectrum, 1(1), 193-208. https://doi.org/10.3126/sudurpaschim.v1i1.63467

Issue

Section

Articles

How to Cite

डोट्याली भाषाका कोटिकार शब्दहरूको अध्ययन {A study of Kotikar words in Dotali language}. (2023). Sudurpaschim Spectrum, 1(1), 193-208. https://doi.org/10.3126/sudurpaschim.v1i1.63467