सहिद कथामा सांस्कृतिक अध्ययन

Authors

  • Apsara Adhikari Kathmandu Shiksha Campus

Keywords:

सहिद, बलिदान, अन्धविश्वास, चेतना, शोषण, मानवता, जामिनदार, परिवर्तन

Abstract

गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान वग सङ्घर्ष, शोषण, उत्पीडन, सामाजिक तथा लैङ्गिक विभेद लगायत सांस्कृतिक, धार्मिक एवम् शैक्षिक सीमितताका बेला समेत शैक्षिक एवम् सांस्कृति जागरणका लागि कथाका माध्यमबाट खेलेका भूमिका र सामाजिक कार्यहरूको यथार्थ चित्रण प्रस्तुत गरेको छ । यस लेखको मुख्य उद्देश्य सहिद कथाको आधारमा तत्कालीन समाजमा विद्यमान शैक्षिक तथा सांस्कृतिक अवस्थाको विश्लेषण गर्नु र कथामार्फत नेपाली समाजको यथार्थ, ग्रामीण जीवन, मानवीय संवेदना र पछि पारिएका वर्गको अवस्थालाई उजागर गर्नु तथा नेपाली कथासाहित्यमा मैनालीको योगदान र महत्व स्पष्ट गर्नु हो । यस अनुसन्धान लेख गुणात्मक विधिमा आधारित छ । गुरुप्रसाद मैनालीको ‘सहिद’ कथालाई मुख्य पाठका रूपमा लिएर पाठ–विश्लेषण गरिएको छ । कथामा प्रयुक्त विषयवस्तु, पात्र, सांस्कृतिक सन्दर्भ, भाषा र सामाजिक यथार्थलाई व्याख्यात्मक विधिबाट अध्ययन गरिएको छ । साथै सम्बन्धित पुस्तक, जर्नल लेख र समीक्षाहरूको द्वितीयक स्रोतका रूपमा प्रयोग गरी विश्लेषणलाई सैद्धान्तिक आधार प्रदान गरिएको छ । सहिद कथाले व्यक्तिगत परोपकारले मात्र शोषणकारी समाज परिवर्तन गर्न नसकिने देखाउँछ । सामन्ती, आर्थिक र राजनीतिक संरचना विरुद्ध सामूहिक चेतना र विद्रोह आवश्यक ठहरिन्छ । नैतिकता र पारिवारिक स्वार्थबिचको द्वन्द्वले सामाजिक न्यायको प्राथमिकता उजागर गर्छ । कथाले राणाकालीन यथार्थ उजागर गर्दै व्यक्तिगत साहसभन्दा सामूहिक बलिदान र चेतनालाई सामाजिक परिवर्तनको आधार मानेको छ ।

Abstract
85
PDF (Nepali)
0

Downloads

Published

2025-12-28

How to Cite

सहिद कथामा सांस्कृतिक अध्ययन . (2025). Shiksha Shastra Saurabh, 25, 209-220. https://doi.org/10.3126/sss.v25i1.90515

Issue

Section

Articles

How to Cite

सहिद कथामा सांस्कृतिक अध्ययन . (2025). Shiksha Shastra Saurabh, 25, 209-220. https://doi.org/10.3126/sss.v25i1.90515