कक्षा चारका नेपाली पाठ्यक्रममा व्याकरणका विषय वस्तु प्रयोगको परम्परा

Authors

Keywords:

नेपाली पाठ्यक्रम , व्याकरणका विषय वस्तु, छनोट, स्तरण, परम्परा

Abstract

प्रस्तुत लेखको उद्देश्य २०२८ देखि २०७८ सम्मका कक्षा चारका नेपाली पाठ्यक्रममा व्याकरणका विषय वस्तुको छनोट, स्तरण तथा व्याकरणका विषय वस्तुमा भएका परिवर्तनको विश्लेषण गर्नु रहेको छ । गुणात्मक ढाँचा तथा पुस्तकालयीय विधिमा आधारित यस लेखमा प्राथमिक स्रोतका रूपमा २०२८ देखि २०७८ सम्म पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा चारका छ ओटा नेपाली पाठ्यव्रmममा प्रस्तुत व्याकरणका विषय वस्तुलाई लिइएको छ । पाठ्यक्रममा व्याकरणका विषय वस्तुको प्रयोगसँग सम्बन्धित भएर गरिएका कार्यहरुलाई द्वितीयक स्रोतको उपयोग गरिएको छ । लेखकद्वारा गरिएका दाबी पुष्टि गर्न पूर्ववर्ती अध्येताका सन्दर्भहरु उद्धृत गरेर प्रमाण र उदाहरणका रूपमा पेस गर्दै निष्कर्षमा पुगिएको छ । २०२८ देखि २०७८ सम्मका कक्षा चारका छ ओटा नेपाली पाठ्यक्रममा व्याकरणका विषय वस्तु छनोट र स्तरणमा विविधता देखिन्छ । पाठ्यक्रममा व्याकरणका विषय वस्तुलाई व्यवस्थित र स्पष्टसँग प्रस्तुत गर्ने पहिलो कार्य २०२८ को पाठ्यक्रमले गरेको देखिन्छ भने २०४९ र २०७८ मा यसलाई अझै प्रभावकारी बनाउँदै लगिएको पाइन्छ । व्याकरणका विषय वस्तुको पाठसँगको आबद्धता, विषय वस्तु प्रयोगको व्यापकता र आंशिक रूपमा चक्रिय स्तरणको प्रयोगले २०७८ को पाठ्यक्रम उपयुक्त देखिन्छ । कक्षा चारका नेपाली पाठ्यक्रममा व्याकरणका विषय वस्तुलाई कसरी स्तरण गर्ने भन्ने सन्दर्भमा २०७८ अघिका कुनै पनि पाठ्यक्रमले स्पष्ट सङ्केत नगरेकोमा २०७८ को पाठ्यक्रममा भने व्याकरणको कुन विषय वस्तु कुन पाठ्यक्रम र कुन विधाको पाठमा राखेर सिकाउने भन्ने निर्धारण गरिएको पाइन्छ 

Abstract
82
PDF (Nepali)
0

Downloads

Published

2025-12-28

How to Cite

कक्षा चारका नेपाली पाठ्यक्रममा व्याकरणका विषय वस्तु प्रयोगको परम्परा. (2025). Shiksha Shastra Saurabh, 25, 199-208. https://doi.org/10.3126/sss.v25i1.90514

Issue

Section

Articles

How to Cite

कक्षा चारका नेपाली पाठ्यक्रममा व्याकरणका विषय वस्तु प्रयोगको परम्परा. (2025). Shiksha Shastra Saurabh, 25, 199-208. https://doi.org/10.3126/sss.v25i1.90514