फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न : बालमनोविज्ञानको समालोचनात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/sss.v25i1.90512Keywords:
सबाल्टर्न, अधीनस्थ, प्रभत्वशाली, सीमान्तकृत, उत्पीडन, प्रतिरोध, आन्दोलनAbstract
प्रस्तुत अध्ययन कक्षा ११ मा अध्यापन गराइने ‘फुटपाथ मिनिस्टर’ कथामा देखिएको सवाल्टर्न चेतनाको उद्घाटनमा केन्द्रित छ । सबाल्टर्न अध्ययन पुँजीवादी समाजमा व्याप्त सांस्कृतिक अध्ययनभित्रको एक नवीन सैद्धान्तिक अवधारणा हो । यसले समाजका दलित, जनजाति, महिला, अल्पसङ्ख्यक, पिछडिएका वर्ग, असहाय वर्गको प्रतिनिधित्व गर्दछ । २१ औँ शताब्दीमा पिछडीएको वर्गका आवाजलाई मुखरित गर्ने सबाल्टर्नको अवधारणा, विकास, बहुअर्थक प्रयोग, शब्दको अर्थमा देखिएको अस्पष्टता तथा कक्षा ११ मा अध्यापन गराइने फुटपाथ मिनिस्टर कथाले बालमस्तिष्कमा पार्ने प्रभावका बारेमा अध्ययन गर्नु यस अनुसन्धानको प्रमुख उद्देश्य रहेको छ । इटालीका दार्शनिक एन्टोनियो ग्राम्सी (Antonio Gramsci) ले सन् १९२९–१९३५ को बिचमा तत्कालीन फासिस्ट शासनद्वारा जेलमा बन्दी बनाइएका बेला लेखेका नोटहरू, टिप्पणीहरू र वैचारिक लेखनहरूको संग्रह Prison Notebooks मा सबाल्टर्न सम्बन्धी सिद्धान्तमा आधारित रहेर मिस्रित विधिको प्रयोग गरी अध्ययन गरिएको यो लेखले नेपाली समाजमा व्याप्त विभिन्न खाले विभेदलाई उजागर गरेको छ ।
कक्षा ११ मा कुल ३५ जना ऐच्छिक नेपाली विषय लिई अध्ययनरत विद्यार्थीहरु मध्ये ८६ प्रतिशतले सबाल्टर्नलाई दलित, महिला, बालबालिका र श्रमिक क्षेत्रमा कार्यरत र पछि पारिएका समूहसँग आवद्ध गरेका छन । यसैगरी ८० प्रतिशतले यसलाई मौन होइन, प्रतिरोधी समूहका रूपमा बुझेका छन् भने ८३ प्रतिशतले यसको मुख्य समस्या शक्ति संरचनामा पहुँच नहुनुलाई मानेका छन् । ८९ प्रतिशतले साहित्य, सामाजिक सञ्जाल र आन्दोलनमार्फत यसको प्रभाव बुझेका अभिव्यक्ति दिएका छन् भने ७७ प्रतिशतले सबाल्टर्न अवधारणा जटिल र बहुअर्थक भएको बताएका छन् । बहुसङ्ख्यक ९४ प्रतिशतले निरीह तथा गरिब बालजीवनको प्रतिनिधित्व गरेको महसुस गरेका छन् । प्रस्तुत कथाले सामाजिक यथार्थ उजागर गरेको धारणा ९१ प्रतिशत विद्यार्थीहरुमा रहेको देखिन्छ भने ८६ प्रतिशतले यसबाट करुणा र सामाजिक जिम्मेवारी सिकाएको बताएका छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Kathmandu Shiksha Campus