उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
DOI:
https://doi.org/10.3126/sss.v24i1.75388Keywords:
प्रविधि, डिजिटलाइजेसन, पेसागत विकास, अनलाइन शिक्षणAbstract
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्च शिक्षामा प्रविधिको प्रयोगको वर्तमान अवस्थाको विश्लेषण, समस्याहरुको पहिचान, निराकरणका उपायहरु तथा उच्च शिक्षामा बढ्दो प्रविधिको प्रयोग बारे गहनतम् विश्लेषण गर्नु हो । यस अध्ययनका लागि काठमाडौँ शिक्षा क्याम्पसलाई उद्देश्यपूर्ण नमूना सङ्कलन विधिबाट नमुना छनोट गरी गुणात्मक विधिको उपयोग गरेर तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरिएको छ । यो लेख तयार गर्दा गहन अन्तरवार्ता र द्वितीय स्रोतहरुको माध्यमबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तार्किक र वर्णनात्मक विश्लेषण गरिएको छ । क्याम्पसमा बढ्दो सूचना प्रविधिको प्रयोग, डिजिटल पूर्वाधारमा भएको लगानी, स्मार्ट बोर्ड र भर्चुअल शिक्षण विधिको प्रयोगले शिक्षण व्रिmयाकलापमा सहजता ल्याएको देखिन्छ । अध्ययनले शिक्षण विधिमा प्रविधिको सन्तुलित संयोजनले उच्च शिक्षालाई प्रविधिसँग जोड्न, शिक्षालाई सिपसँग जोड्न, विद्यार्थीको दक्षता अभिवृद्धि गर्न तथा रोजगारमूलक बनाउन मद्दत पुग्ने देखिन्छ । प्रविधिको उपयोगमा असमानता, डिजिटल साक्षरताको अभाव र पूर्वाधारको कमी जस्ता चुनौतीहरुको समाधान गर्न सूचना प्रविधिमैत्री शिक्षक प्रशिक्षण र सामग्रीहरुको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Kathmandu Shiksha Campus