‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण

Authors

  • कृष्णहरि आले मगर उप.प्रा., काठमाडौँ शिक्षा क्याम्पस

DOI:

https://doi.org/10.3126/sss.v24i1.75386

Keywords:

लोक जीवन, लोकभाका, अन्त्यानुप्रास, रीति रिवाज, मनकामना, बन्दीपुुर, फूलपाती

Abstract

गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रूपमा लिई संरचनागत विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन खासगरी लोकगीतको (विधातात्त्विक तथा लोकतात्त्विक) सैद्धान्तिक परिधिभित्र रही अवधारणात्मक रूपमा अध्ययन अगाडि बढाइएको छ । यसमा लोकगीतका तत्त्वहरुका आधारमा नेपालको गोरखा जिल्लाको मनकामना र तनहुँको बन्दीपुर लगायत सेरोफेरोको लोक जीवनमा प्रचलित ‘फूलपाती भाकेर मनकामना, आयो बन्दीपुर’ शीर्षकको गीत/लोकगीतको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । गीत/लोकगीतको आफ्नो विधागत संरचना हुन्छ भने यो सोद्देश्यपूर्ण पनि हुन्छ । अन्तर्वार्ता तथा पुुस्तकालयीय विधिबाट प्राप्त तथ्यङ्कहरुलाई विश्लेषण गर्दा प्रस्तुत गीतमा जनजिब्रोका शब्दहरु प्रयोग भएको तथा लय, छन्द, अन्तराका लागि पुनरावृत्ति देखिएको छ । धार्मिक (मनकामना), आर्थिक (फुलहरु बेच्ने र किन्ने), भौगोलिक (गोरखा, तनहुँ) विशेषता जगाउने शब्दावली प्रयोग भएको पाइयो । प्रस्तुत गीत/लोकगीतमा ग्रामीण जनजीवनका सामाजिक चालचलन, संस्कार, रीतिथिति एवम् परम्परा र लोक विश्वासहरु कथ्य विषयका रूपमा आएका छन् । यससँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथै सरल ग्रामीण जीवनको सहज जीवन भोगाइलाई प्रतिविम्बित गर्ने उद्देश्य पनि यस गीतको रहेको छ । अध्ययनबाट प्रस्तुत गीत÷लोकगीत विधातात्त्विक संरचनाका दृष्टिले मात्र नभएर ग्रामीण जनजीवनको यथार्थ एवम् स्वाभाविक अभिव्यक्तिका दृष्टिले पनि महत्त्वपूर्ण रहेको तथ्य प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2025-02-22

How to Cite

आले मगर क. (2025). ‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण. Shiksha Shastra Saurabh, 24, 160–168. https://doi.org/10.3126/sss.v24i1.75386

Issue

Section

Articles