नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग

Authors

  • शिव प्रसाद तिमल्सेना उपप्राध्यापक, शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली शिक्षा, त्रिभुवन विश्व विद्यालय

DOI:

https://doi.org/10.3126/sss.v24i1.75385

Keywords:

षड्दर्शन, सत्व मीमांशा, ज्ञान मीमांशा, मूल्य प्रणाली, आर्यसत्य, आध्यात्मिकता

Abstract

हरेक व्यक्ति कुनै न कुनै रूपमा सत्यको खोजीमा लागि रहन्छन् । उनीहरु आफ्नो आदर्श, मूल्य र उद्देश्य अनुसार विभिन्न धारणा र दृष्टिकोणहरु बनाइ रहन्छन् । यो उनीहरुको जीवन दर्शन हो । यसैले दर्शन आफ्नो जीवनलाई हेर्ने सिलसिलाबद्ध दृष्टिकोण हो । यो आध्यात्मिक वा भौतिक जुनसुकै भए पनि एकीकृत वा पूर्ण सत्यको खोजी गर्नु यसको विशेषता हो । यसै सन्दर्भमा यस लेखमा हिन्दु दर्शनको परिचय दिई यसका ६ ओटा दार्शनिक हाँगा र ती हाँगाका आधारमा यसको समग्र दार्शनिक चिन्तन प्रणालीलाई विवेचना गरिएको छ । लेखलाई गुणात्मक ढाँचामा संरचित गरिएको छ । तथ्य सङ्कलनको मुख्य स्रोत सैद्धान्तिक किसिमका पुस्तक, लेखहरु, अध्येताको निजी दृष्टिकोण र सामाजिक प्रयोग व्यवहारलाई बनाइएको छ । लेखका लागि आवश्यक सामग्री सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भ कृति र मौखिक स्रोतका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ । अध्ययनबाट हिन्दु दर्शनका परिप्रेक्ष्यमा यसका शैक्षणिक उयादेयताहरु पहिल्याई नेपालमा हिन्दु दर्शनको आवश्यकता र औचित्यलाई पुष्टि गरिएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2025-02-22

How to Cite

तिमल्सेना श. . प. (2025). नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग. Shiksha Shastra Saurabh, 24, 150–159. https://doi.org/10.3126/sss.v24i1.75385

Issue

Section

Articles