नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
DOI:
https://doi.org/10.3126/sss.v24i1.75384Keywords:
ऐतिहासिकता, उत्तरवर्ती विकास, संस्कृत व्याकरणको धार, अङ्ग्रेजी र संस्कृतको व्याकरणको मिश्रित धार, आधुनिक भाषा वैज्ञानिक धार, वर्णनात्मक भाषा विज्ञान, व्याकर्तव्य भाषाAbstract
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा उपलब्ध अभिलेख तथा कृतिहरुको पुनरावलोकन र व्याकरणगत तथ्यहरुको ऐतिहासिक तथा तुलनात्मक समीक्षा विधि अँगालिएको छ । साथै यस लेखकको नेपाली भाषा तथा व्याकरण सम्बन्धी लामो अध्ययन, अनुसन्धान र व्याकरण लेखनको अनुभवजन्य प्रतिविम्बनले समेत विश्लेषणलाई सघाएको छ । नेपाली व्याकरणको पहिलो चरण अङ्ग्रेजी व्याकरणको परम्परागत ढाँचामा विदेशी विद्वान्हरुको प्रयासबाट अगाडि बढेको देखिन्छ । यो व्रmम सन् १८२० मा जे.ए.एटनबाट सुरु भएको हो तर यस लेखमा स्वदेशी नेपाली मातृभाषी व्याकरणकारहरुले लेखेका व्याकरण सम्बन्धी चिन्तनलाई विशेष महत्त्वका साथ उठान गर्ने प्रयास भएको छ । यस दृष्टिले हेर्दा नेपाली व्याकरण लेखनको दोस्रो चरणमा पर्ने स्वदेशी विद्वान्हरुमा वीरेन्द्र केसरी अज्र्याल र जयपृथ्वी बहादुर सिंह उल्लेख्य छन् । परम्परागत संस्कृत व्याकरणको धार अन्तर्गत यिनले व्याकरण लेखेको देखिन्छ । तेस्रो चरणमा अङ्ग्रेजी र संस्कृतको परम्परागत मिश्रित धार देखिन्छ । यस्तो मिश्रित धारका व्याकरणहरुमा चन्द्रिका, मध्यचन्द्रिका र सो ढाँचामा लेखिएका उत्तरवर्ती व्याकरण पर्दछन् । चौथो चरणमा आधुनिक भाषा वैज्ञानिक धार अन्तर्गत व्याकरण लेखनको प्रारम्भ भएको देखिन्छ । यस्तो धारको उठान मोहनराज शर्माको शब्दरचना र वर्णविन्यास (२०३६) बाट भएको हो । यसमा मुख्यतः शब्दरचना खण्डमा भाषा वैज्ञानिक पद्धतिको उपयोग गरिएको छ । वर्णविन्यास खण्डमा भने परम्परागत धारमा केही सुधार मात्र भएको देखिन्छ । यस धार अन्तर्गत लेखिएको बृहत् व्याकरण चाहिँ समसामयिक नेपाली व्याकरण (२०४९) लाई मानिन्छ । यसरी यस लेखमा वीरेन्द्र केसरीबाट अगाडि बढेको व्याकरण चिन्तन पछिल्ला चरणमा अङ्ग्रेजी र संस्कृतको परम्परागत मिश्रित धारबाट कसरी आधुनिक व्याकरणको धारमा प्रवेश ग¥यो, त्यसको पृष्ठभूमिको सविस्तार व्याख्याका साथै सम्बन्धित प्रमुख व्याकरणहरुको कालव्रmमिक तथा तुलनात्मक विवेचन प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Kathmandu Shiksha Campus