स्नातकोत्तर तहमा भएका भाषिक अनुसन्धानको अवस्था (Condition of Linguistic Research Conducted in Master Degree)

Authors

  • हर्क Harka बहादुर Bahadur शाही Shahi सुर्खेत शिक्षा क्याम्पस

Keywords:

अनुसन्धान, भाषा, भाषिका, लोक साहित्य, भारत, मांगल, गालि

Abstract

त्रिभुवन विश्व विद्यालयको शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा शोधपत्र लेखनका लागि निर्धारण गरिएका अनुसन्धानका क्षेत्रमध्ये भाषिक अनुसन्धान पनि एक हो । यस अन्तर्गत भाषाको व्याकरणिक अध्ययन, भाषिका, भाषिक भेद सम्बन्धी अनुसन्धान गरिन्छ । यसमा भाषाका विशेषता पत्ता लगाउनुका साथै अन्य भाषा भाषिका संग तुलना गरिन्छ । सुर्खेत क्याम्पस शिक्षाबाट स्नातकोत्तर नेपाली शिक्षामा २०७५ सालसम्म भएका भाषा सम्बन्धी शोधको क्षेत्र पहिचान गरी त्यसको व्याख्या र विश्लेषण गर्ने उद्देश्य रहेको यस लेखमा नेपाली शिक्षा विभाग र क्याम्पसको पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको छ । विभागमा विभिन्न क्षेत्रका ४८८ ओटा शोध भएको र भाषा सम्बन्धी ७८ ओटा शोधपत्रलाई मात्र उद्देश्यमूलक नमुना छनोट विधिको उपयोग गरी छनोट गरिएको छ । छानिएका शोधमा भाषिका र भाषिक भेदको तुलना र व्याकरणात्मक अध्ययन क्षेत्र अन्तर्गत २३ (२९ प्रतिशत), भाषा, भाषिकाको कोशीय, तुलनात्मक र व्याकरणगत अध्ययन अन्तर्गत २८ (३६ प्रतिशत) र लोक साहित्यमा भाषाको अध्ययन अन्तर्गत २७ (३५ प्रतिशत) शोध भएका छन् । भाषिका र भाषिक भेदको स्तरीय नेपालीस“ग व्याकरणात्मक कोटि, नाम, क्रियापद, शब्दवर्ग, कारक विभक्ति र पदकोटिगत तुलना गरिएको छ । कालीकोटे, बाजुराली, सिँजाली, रुकुमेली, सिम्ताली, मुगाली र हुम्ली भाषिका, राउटे (खाम्ची), मगर, मगर पाङ/खाम भाषाका शब्दकोशीय अध्ययन भएको छ । जुम्ली, जाजरकोटी, रुकुमेली भाषिक भेदको अनुकरणात्मक कोश पनि निर्माण भएका छन् भने मगर ढुट र कालीकोटे भाषिक भेदको क्रियाकोश निर्माण भएका छन् । कालीकोट र दुल्लुका धामी झाँक्रीले बोल्ने भाषाका शब्दको सङ्कलन गरी कोश निर्माण गरिएको छ । त्यसै गरी कृषि र सुनचाँदी  व्यवसायीको पार्सी भाषाका प्रयोजनपरक नेपालीको पनि शब्दकोशीय अध्ययन भएको छ । थारू, अवधी भाषा र असिदराली, हुम्ली तिब्रीकोटी भाषिक भेद र रुकुम जहारी क्षेत्र, सुर्खेत सिम्ता क्षेत्रका उखान र सिँजा दरा, दुल्लु क्षेत्र, जुम्ला पान्सय दरा र सिम्ता दराका संस्कार गीतमा प्रयुक्त भाषाको शोध भएको पाइन्छ । जाजरकोट दसेरा क्षेत्र, दैलेख माझखण्ड र कालीकोट सान्नी रास्कोट क्षेत्रका पर्वोत्सव गीतमा प्रयोग भएको भाषा र कालीकोट दैलेखको आठबिस क्षेत्रमा गाइने देउडा, रुकुम कोट क्षेत्र र सुर्खेत सिम्ता दरामा प्रचलित लोककथा, सिंगारू र टप्पा गीत कालीकोट रास्कोटमा गाइने माँगल र झोडा, जाजरकोट लहँ क्षेत्रमा प्रचलित ख्याली गीत र कालीकोटे भाषिक भेदको गालीमा प्रयोग भएको भाषाको समेत शोध भएको छ । यसरी सुर्खेत क्याम्पस शिक्षाबाट भाषा र भाषिकाको कोशीय अध्ययन धेरै भएको छ भने व्याकरणिक र तुलनात्मक अध्ययन कम भएको छ । लोक साहित्यमा भाषाको अध्ययन भने दोस्रो स्थानमा रहेको छ ।

Abstract
185
PDF
1

Downloads

Published

2021-12-31

How to Cite

शाही Shahi ह. H. ब. B. (2021). स्नातकोत्तर तहमा भएका भाषिक अनुसन्धानको अवस्था (Condition of Linguistic Research Conducted in Master Degree). Shiksha Shastra Saurabh, 22(1), 83-94. https://doi.org/10.3126/sss.v22i1.51579

Issue

Section

Articles

How to Cite

शाही Shahi ह. H. ब. B. (2021). स्नातकोत्तर तहमा भएका भाषिक अनुसन्धानको अवस्था (Condition of Linguistic Research Conducted in Master Degree). Shiksha Shastra Saurabh, 22(1), 83-94. https://doi.org/10.3126/sss.v22i1.51579