तनहुँ जिल्लाका प्राथमिक तहमा अध्यनरत मगर बाल बालिकाहरुको शैक्षिक सहभागिता (Educational Participation of Magar Children Studying at Primary Level in Tanahun District)

Authors

  • राधिका Radhika प्रियवदा Priyawada अर्याल Aryal काठमाडौं शिक्षा क्याम्पस

Keywords:

सहभागिता, शिक्षा, जनजाति, बाल बालिका, शैक्षिक अवस्था

Abstract

प्राथमिक तहमा अध्यनरत मगर बाल बालिकाहरुको शैक्षिक सहभागिता सम्बन्धी लेख तनहुँ जिल्लाका प्राथमिक विद्यालयहरुमा आधारित एक अध्ययन हो । यस अध्ययनका प्रमुख उद्देश्यहरुमा मगर बाल बालिकाहरुको विद्यालय शिक्षामा सहभागिता पहिचान गर्ने तथा पहुँच विश्लेषण गर्ने, शिक्षामा मगर बाल बालिकाहरुका शैक्षिक समस्याहरुका बाधक तत्त्वहरु पहिचान गरी समस्या समाधानका उपायहरु पत्ता लगाउनु रहेका छन् । अध्ययनलाई व्यवस्थित तथा क्रमबद्ध बनाउन विभिन्न सिद्धान्त र अध्ययनहरुसँग तुलनात्मक रूपमा हेर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्नका लागि सम्बन्धित साहित्यहरुको समीक्षा गरियो । पाउलो फ्रेरेको Pedagogy of Oppressed लाई अध्ययनको प्रमुख सिद्धान्तको रूपमा लिइयो ।अध्ययन विधि अन्तर्गत अनुसन्धान ढाँचा निर्माण गरी जनसंख्या र नमुना छनोट गरिएको थियो । तनहुँ जिल्लाका दुई वटा मगर भाषी विद्यार्थीहरु अध्यनरत विद्यालयहरुलाई अध्ययनको रूपमा छनोट गरियो । अनुसन्धानका विविध साधनहरुको प्रयोग गरी प्राप्त तथ्य तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरियो । समस्याहरुको समाधानार्थ अध्ययनले केही सुझावहरु औँल्याएको छ । जसमा सुविधा विहीन मगर बाल बालिकाहरुलाई विशेष सहुलियत उपलब्ध गराउनु पर्ने, मगर बाल बालिकाहरुलाई विभेद रहित शिक्षण गर्नु पर्ने र समाहित अवधारणा अनुसारको वातावरण विद्यालयले तयार गर्नु पर्ने देखिन्छ । विद्यालय विकास तथा व्यवस्थापनमा मगर समुदायको संलग्नतामा बढाउनु पर्ने जसबाटगर समुदायमा विद्यालयको स्वामित्वको भावना वृद्धि हुने देखियो । आदिवासी जनजाति र भाषिक अल्पसङ्ख्यक बाल बालिकाहरुको शिक्षामा पहुँच बढाउनु, मातृभाषामा शिक्षाको व्यवस्था गर्नु, बालमैत्री बाताबरणमा शिक्षण गर्नु जस्ता कुराहरुलाई यस अध्यनमा औँल्याइएको छ ।

Abstract
101
PDF
0

Downloads

Published

2021-12-31

How to Cite

तनहुँ जिल्लाका प्राथमिक तहमा अध्यनरत मगर बाल बालिकाहरुको शैक्षिक सहभागिता (Educational Participation of Magar Children Studying at Primary Level in Tanahun District). (2021). Shiksha Shastra Saurabh, 22(1), 64-75. https://doi.org/10.3126/sss.v22i1.51577

Issue

Section

Articles

How to Cite

तनहुँ जिल्लाका प्राथमिक तहमा अध्यनरत मगर बाल बालिकाहरुको शैक्षिक सहभागिता (Educational Participation of Magar Children Studying at Primary Level in Tanahun District). (2021). Shiksha Shastra Saurabh, 22(1), 64-75. https://doi.org/10.3126/sss.v22i1.51577