माध्यमिक तहमा लेखन कला अभिव्यक्तिका कार्यकलापको उपयोग (Use of Writing Skills Activities in Secondary level)

Authors

  • कुश्मिला Kushmila आचार्य Acharya नेपाली शिक्षा, त्रिवि, कीर्तिपुर

Keywords:

लेखन कला, अभिव्यक्ति, प्रारम्भिक कार्यकलाप, सिर्जनात्मक, प्राज्ञिक, माध्यमिक तह

Abstract

प्रस्तुत लेख माध्यमिक तहमा लेखन कला अभिव्यक्तिका कार्यकलापको उपयोगसँग सम्बन्धित छ । विद्यार्थीहरुमा सुनाइ, बोलाइ, पढाइपछि लेखाइ सिपको विकास गराउनु भाषा शिक्षणको प्रमुख उद्देश्य हो । प्रस्तुत लेखको प्रमुख उद्देश्य लेखन कलाका प्रकारको उल्लेख गर्दै माध्यमिक तहका विद्यार्थीहरुमा लेखन कला विकासका लागि गरिने कार्यकलापहरुको उपयोगका समीक्षात्मक विश्लेषण गर्नु रहेको छ । लेखनका प्रकारलाई निर्देशित लेखन, नियन्त्रित लेखन, व्यावहारिक लेखन, स्वतन्त्र लेखन, सिर्जनात्मक लेखन र प्राज्ञिक लेखनमा विभाजन गरेर विश्लेषण गरिएको छ । लेखाइ सिप विकासको प्रारम्भिक कार्यकलापमा हस्त लेखन, अनु लेखन, श्रुति लेखन, प्रश्नोत्तर लेखन, वस्तु तथा चित्र वर्णन, अनुभव, घटना तथा यात्रा वर्णन, चिठी लेखन, निवेदन लेखन, दैनिकी लेखन, भाव विस्तार तथा व्याख्या र सप्रसङ्ग व्याख्याको समीक्षा गरिएको छ भने उत्तरवर्ती कर्याकलाप अन्तर्गत बुँदा टिपोट, सारांश/सङ्क्षेपीकरण, विस्तृतीकरण, अनुच्छेद लेखन, टिप्पणी लेखन, निबन्ध लेखन, समीक्षा लेखन, संवाद लेखन, एकाङ्की लेखन, प्रतिवेदन लेखन, कथा लेखन, कविता लेखन, जीवनी लेखन आदिको समीक्षा गरिएको छ । पुस्तकालयको अध्ययनबाट द्वितीयक सामग्री सङ्कलन गरी गुणात्मक विधिको उपयोग गरी यस लेख तयार पारिएको छ । माध्यमिक तहमा लेखाइ सिप विकासको प्रारम्भिक कार्यकलापभन्दा उत्तरवर्ती कार्यकलाप बढी सान्दर्भिक हुने निष्कर्ष निकालिएको छ । विद्यार्थीमा देखिएका लेखाइ अभिव्यक्तिका त्रुटि निराकरण गरेर विद्यार्थी सक्रियहुने कार्यकलापबाट लेखन कार्यकलाप गरेमा उपयुक्त हुने निक्र्योल गरिएको छ ।

Abstract
189
PDF
0

Downloads

Published

2021-12-31

How to Cite

माध्यमिक तहमा लेखन कला अभिव्यक्तिका कार्यकलापको उपयोग (Use of Writing Skills Activities in Secondary level) . (2021). Shiksha Shastra Saurabh, 22(1), 42-53. https://doi.org/10.3126/sss.v22i1.51575

Issue

Section

Articles

How to Cite

माध्यमिक तहमा लेखन कला अभिव्यक्तिका कार्यकलापको उपयोग (Use of Writing Skills Activities in Secondary level) . (2021). Shiksha Shastra Saurabh, 22(1), 42-53. https://doi.org/10.3126/sss.v22i1.51575