ब्लुम टेक्सोनोमीका आधारमा अनिवार्य नेपाली (कक्षा ११) को प्रश्नपत्र विश्लेषण (Analysis of Grade 11 Question Paper on the Basis of Bloom Taxonomy)

Authors

  • दिनेश Dinesh घिमिरे Ghimire

Keywords:

टेक्सोनोमी, संज्ञानात्मक क्षेत्र, सिकाइ उद्देश्य, नमुना प्रश्नपत्र, चिन्तन क्रम, शैक्षणिक उद्देश्य

Abstract

विषय वस्तु विश्लेषण (content analysis) विधि र पुस्तकालयीय अध्ययनमा आश्रित प्रस्तुत लेख परिमार्जित ब्लुम टेक्सोनोमीको आधारमा अनिवार्य नेपाली (कक्षा ११) विषयको नमुना प्रश्नपत्र विश्लेषणमा केन्द्रित छ । लेखमा ब्लुम टेक्सोनोमीको संज्ञानात्मक क्षेत्र अन्तर्गतका ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जना गरी छओटा चिन्तनका तहहरु, उक्त तहका लागि सिफारिस गरिएका व्रिmयाहरुको सैद्धान्तिक आधार लिएर निर्दिष्ट प्रश्नहरुको विश्लेषण गरिएको छ । मूल्याङ्कन प्रयोजनका लागि निर्धारित विशिष्टीकरण तालिकामा ज्ञान र बोध जस्तो निम्न चिन्तन व्रmम सम्बन्धी प्रश्नहरुमा मात्र जोड दिइएको छ जुन ब्लुमको वर्गीकरणसँग अंशतः मात्र मेल खान्छ । ब्लुम टेक्सोनोमीका आधारमा यस प्रश्नपत्रको प्रश्नगत वितरण असन्तुलित देखिन्छ भने पूर्णाङ्क वितरणमा पनि सामान्य हेरफेर गर्नु पर्ने महसुस हुन्छ । प्रश्नपत्रका प्रश्नहरुलाई टेक्सोनोमी अनुसार उच्च र निम्न चिन्तन व्रmमका प्रश्नहरुको सन्तुलनका आधारमा विश्लेषण गर्दा उच्च तहका विश्लेषण, मूल्याङ्कन र सिर्जना जस्ता सक्षमता विकास सम्बन्धी प्रश्नहरु अति न्यून रहेको पाइन्छ । टेक्सोनोमीमा तह अनुरूपका प्रश्नहरुको प्रतिशतका दृष्टिले गरिएको विश्लेषणबाट पनि उच्च तहका प्रश्नहरुको कमी पाइएकाले प्रश्नपत्रमा चिन्तन व्रmम अनुसार सन्तुलित प्रतिनिधित्व हुन सकेको देखिँदैन ।

Abstract
342
PDF
0

Author Biography

दिनेश Dinesh घिमिरे Ghimire

शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

Downloads

Published

2021-12-31

How to Cite

ब्लुम टेक्सोनोमीका आधारमा अनिवार्य नेपाली (कक्षा ११) को प्रश्नपत्र विश्लेषण (Analysis of Grade 11 Question Paper on the Basis of Bloom Taxonomy). (2021). Shiksha Shastra Saurabh, 22(1), 28-41. https://doi.org/10.3126/sss.v22i1.51573

Issue

Section

Articles

How to Cite

ब्लुम टेक्सोनोमीका आधारमा अनिवार्य नेपाली (कक्षा ११) को प्रश्नपत्र विश्लेषण (Analysis of Grade 11 Question Paper on the Basis of Bloom Taxonomy). (2021). Shiksha Shastra Saurabh, 22(1), 28-41. https://doi.org/10.3126/sss.v22i1.51573