कक्षा दशको नेपाली पाठ्य पुस्तकमा प्रयुक्त प्राविधिक शब्द (Technical Terms Used in the Nepali Textbook of Grade 10)

Authors

  • बुद्ध राज Buddha Raj खनिया Khaniya Central Department of Education, TU

Keywords:

परिभाषा, पाठ्य पुस्तक, विषय क्षेत्र, शब्द भण्डार, सन्दर्भ

Abstract

कक्षा दशको नेपाली पाठ्य पुस्तकमा प्रयुक्त प्राविधिक शब्दहरुको पहिचान र व्याख्या विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको यो लेख गुणात्मक अनुसन्धानको ढाँचा अनुसार पुस्तकालयीय अध्ययनमा आधारित छ । यसका लागि कक्षा दशको नेपाली पाठ्य पुस्तकमा भएका सोर ओटा पाठहरुका क्रमका आधारमा सबै पाठबाट प्राविधिक शब्दहरु सङ्कलन गरियो । सङ्कलन गरिएका प्राविधिक शब्दहरुलाई आठ ओटा विषय क्षेत्रका आधारमा वर्गीकरण र विश्लेषण गरिएको छ । प्रत्येक विषय क्षेत्रका शब्दहरुलाई तालिकाबद्ध गरी तिनको अर्थ वा परिभाषा दिइएको छ । कक्षा दशको नेपाली पाठ्य पुस्तकबाट पहिचान गरिएका जम्मा २४९ प्राविधिक शब्दहरुमध्ये सबैभन्दा बढी दर्शन–धर्म–संस्कृति क्षेत्रमा ३६.९४ प्रतिशत शब्द भएका
छन् भने सबैभन्दा कम शिक्षा क्षेत्रमा ४.०१ प्रतिशत शब्दहरु प्रयोग भएका छन् । त्यसपछि क्रमशः राजनीति–प्रशासन–कानुन क्षेत्रमा १४.८५ प्रतिशत, अर्थशास्त्र क्षेत्रमा १३.२५ प्रतिशत, भूगोल–खगोल क्षेत्रमा १०.०४ प्रतिशत, विज्ञान–सूचना–प्रविधि क्षेत्रमा ७.२२ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ६.८२ प्रतिशत, भाषा–साहित्य–कला क्षेत्रमा ६.८२ प्रतिशत शब्दहरु प्रयोग भएका छन् । त्यसै गरी सो पुस्तकमा विविध सन्दर्भमा प्रयोग भएका साठी ओटा शब्दहरु पहिचान गरिएको छ । समग्रमा भन्दा कक्षा दशको नेपाली पाठ्यपुस्तकमा प्रयोग भएका प्राविधिक शब्दहरुको विषय क्षेत्रगत विविधता र सन्तुलन नभएको देखिन्छ ।

Abstract
281
PDF
0

Author Biography

बुद्ध राज Buddha Raj खनिया Khaniya, Central Department of Education, TU

Associate Professor

Downloads

Published

2021-12-31

How to Cite

कक्षा दशको नेपाली पाठ्य पुस्तकमा प्रयुक्त प्राविधिक शब्द (Technical Terms Used in the Nepali Textbook of Grade 10). (2021). Shiksha Shastra Saurabh, 22(1), 10-27. https://doi.org/10.3126/sss.v22i1.51570

Issue

Section

Articles

How to Cite

कक्षा दशको नेपाली पाठ्य पुस्तकमा प्रयुक्त प्राविधिक शब्द (Technical Terms Used in the Nepali Textbook of Grade 10). (2021). Shiksha Shastra Saurabh, 22(1), 10-27. https://doi.org/10.3126/sss.v22i1.51570