उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र

Authors

  • साधना Sadhana पन्त ‘प्रतीक्षा’ Panta pratiksha नेपाली केन्द्रीय विभाग, त्रिवि

DOI:

https://doi.org/10.3126/ss.v11i01.73635

Keywords:

उत्पीडन, पितृसत्ता, लैङ्गिक,, यौनिकता, यथास्थितिवादी

Abstract

प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका विद्रोही नारीपात्रहरू निरूपण गर्ने उद्देश्य राखिएको छ । यसका लागि उनका तीनघुम्ती, नरेन्द्रदाइ, सुम्निमा, मोदिआइन, हिटलर र यहूदी र बाबु आमा र छोरा छवटा उपन्यासहरूलाई नारीवादी मान्यताअन्तर्गत नारीविद्रोहको सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । यी उपन्यासहरूमा पितृसत्तात्मक सामाजिक संरचनाद्वारा निर्देशित मूल्यमान्यताका कारण त्यहाँभित्रका नारीपात्रहरूले विभिन्न प्रकारको उत्पीडन झेलिरहेका देखिन्छन् । उनीहरूमध्ये विद्रोही प्रवृत्तिका नारीपात्रहरूले त्यसविरुद्ध विद्रोहसमेत गरेका देखिन्छन् । प्रस्तुत लेखमा पितृसत्ता र लैङ्गिक उत्पीडनका सन्दर्भसहित नारीविद्रोहअन्तर्गत विभेदकारी सामाजिक-सांस्कृतिक उत्पीडनप्रतिको विद्रोह र यौनिक उत्पीडनप्रतिको विद्रोहजस्ता पक्षको अध्ययन गरिएको छ । प्रस्तुत लेख गुणात्मक प्रकृतिको रहेको छ र यसमा सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा बीपीका उपर्युक्त उपन्यासहरूलाई लिइएको छ भने त्यससँग सम्बन्धित अन्य लेख तथा पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । प्रस्तुत अध्ययनबाट विश्वेश्वरप्रसाद कोइरालाका निर्धारित उपन्यासहरूमा विद्रोही नारीपात्रको उपस्थिति रहेको तथा उनीहरूद्वारा पितृसत्तात्मक मूल्यद्वारा निर्देशित विभेदकारी सामाजिक परिवेशमा सामाजिक-सांस्कृतिक उत्पीडन र यौनिक उत्पीडनप्रति विद्रोह गरिएकोे निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2025-01-07

How to Cite

पन्त ‘प्रतीक्षा’ Panta pratiksha स. S. (2025). उपन्यासकार कोइरालाका विद्रोही नारीपात्र. Saraswati Sadan सरस्वती सदन, 11(01), 105–116. https://doi.org/10.3126/ss.v11i01.73635

Issue

Section

Articles