सावर्णि उपन्यासमा विज्ञान विषयक स्वैरकल्पना

Authors

  • दीपकप्रसाद Deepak Prasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रिवि

DOI:

https://doi.org/10.3126/ss.v11i01.73629

Keywords:

उत्तरमानव, जैवयान्त्रिक, मिथक, सघन सूक्ष्मता, स्वैरकल्पना

Abstract

प्रस्तुत लेख विज्ञानसम्बद्ध स्वैरकल्पनाका कोणबाट तयार गरिएको छ । सावर्णि उपन्यासमा पृथ्वी नामक ग्रह र यसको भविष्यको विषयलाई आख्यानीकरण गरिएको छ । त्यसैले विज्ञान विषयक स्वैरकल्पनाका कोणबाट प्रस्तुत लेख तयार गरिएको हो । लेख तयारीका निम्ति पुस्तकालय कार्यबाट प्राथमिक सामग्री सावर्णि उपन्यास चयन गरिएको छ । विज्ञान विषयक स्वैरकल्पना सम्बद्ध सैद्धान्तिक सामग्रीलाई द्वितीयकका रूपमा पुस्तकालय कार्यबाट नै चयन गरिएको छ । लेखमा अन्तरिक्षीय पिण्ड प्रणालीको वैज्ञानिक पक्ष, मानवको सृष्टिका विषयमा पौराणिक मिथकमा प्रचलित कथा र सूचनाप्रविधिको वर्तमान युगान्तकारी परिवर्तनले मानव जीवनमा पारेको प्रभाव विश्लेषण गरिएको छ । आरम्भमा विश्लेषणको सैद्धान्तिक सूचक दिई उपन्यासका अंशलाई तथ्यका रूपमा प्रयोग गरिएकाले यसमा निगमनात्मक पद्धतिको प्रयोग भएको छ । उपन्यासमा आख्यानीकरण गरिएका घटनाको अन्तर्यमा रहेको विचार पर्गेल्ने र सामान्यीकरण गर्ने सिलसिलामा आगमनात्मक पद्धतिको पनि प्रयोग गरिएको छ । विश्लेषणका आधारमा सावर्णि अन्तर्विषयक उपन्यास हो । मानवले पृथ्वीमा आजकै अवस्थामा अहङ्कार र आणविक शक्तिको होड जारी राखेमा उसको जैविकीय गुण नै समाप्त हुन सक्ने कल्पना यसमा गरिएको छ । पृथ्वी ब्रमाण्डको आदि र अन्त्य दुवै हो भन्ने परम्परागत बुझाइको विकल्पमा विकसित भएको ब्रह्माण्डीय चिन्तन र यसको आगामी गतिका बारेमा यसमा आख्यानीकरण गरिएको छ । मानवको आगामी जैविकीय प्रणाली र अस्तित्वका बारेमा गरिएको गहिरो चिन्ता नै यस उपन्यासको मुख्य विचार हो ।

Abstract
0
pdf
0

Downloads

Published

2025-01-07

How to Cite

ढकाल Dhakal द. D. P. (2025). सावर्णि उपन्यासमा विज्ञान विषयक स्वैरकल्पना. Saraswati Sadan सरस्वती सदन, 11(01), 46–58. https://doi.org/10.3126/ss.v11i01.73629

Issue

Section

Articles