तपन उपन्यासमा सबाल्टर्न चेतना

Authors

  • चन्द्रमान Chandraman श्रेष्ठ Shrestha नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि

DOI:

https://doi.org/10.3126/ss.v11i01.73624

Keywords:

किनारा, प्रतिनिधित्व, प्रभुत्व, सबाल्टर्न, सांस्कृतिक हिंसा

Abstract

प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ देखि सवाल्टर्न अध्ययन समूहको आरम्भ भएको हो । सबाल्टर्न अध्ययन इतिहास अध्ययनबाट प्रारम्भ भएको हो । यसले पिछडिएका दलित, किसान, मजदुर र महिलाहरूको अस्तित्वलाई इतिहासमा अभिलेखीकृत ग–यो । सबाल्टर्न चेतनालाई साहित्यको अध्ययनमा प्रयोग गर्नमा गायत्री चक्रवर्ती स्पिभाकले महत्त्वपूर्ण योगदान पु–याएकी छन् । यस लेखमा एन्टोनियो ग्राम्सी, रन्जित गुहा तथा गायत्री चक्रवर्ती स्पिभाकका सबाल्टर्नसम्बन्धी मुख्य मान्यताहरूलाई आधार बनाएर तपन उपन्यासको अध्ययन गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा तपन उपन्यासलाई लिइएको छ भने सबाल्टर्न अध्ययनसँग सम्बन्धित लेख तथा पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । आरम्भमा सिद्धान्त प्रस्तुत गरी उपन्यासको विश्लेषण गरिएकाले यसमा निगमनात्मक पद्धति अवलम्बन गरिएको छ । अध्ययनका क्रममा तपन उपन्यासले नेपाली समाजका सबाल्टर्न वर्गको समस्यालाई उठाएको र उनीहरूमा प्रतिरोधी चेतनाको विकास क्रमशः हुँदै गएको कुरालाई प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ । जातीय, लैङ्गिक, आर्थिक तथा सामाजिक दृष्टिले सबाल्टर्न बन्न पुगेका वर्ग वा समुदायको पीडा र उनीहरूमा विकसित हुँदै गएको मुक्तिकामी चेतलाई यस उपन्यासले महत्त्वका साथ प्रस्तुत गरेको निचोड यस लेखमा निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2025-01-07

How to Cite

श्रेष्ठ Shrestha च. C. (2025). तपन उपन्यासमा सबाल्टर्न चेतना. Saraswati Sadan सरस्वती सदन, 11(01), 25–34. https://doi.org/10.3126/ss.v11i01.73624

Issue

Section

Articles