प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
DOI:
https://doi.org/10.3126/ss.v11i01.73616Keywords:
अन्तर्पाठ, उद्धरण,, कोष्ठकीय टिप्पणी, सन्दर्भ, सामग्री सूचीकरणAbstract
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धतिले उद्धरण तथा सन्दर्भसामग्रीको व्यवस्थापनलाई बुभाउँछ । यसअन्तर्गत रहेर प्रस्तुत आलेखमा उद्धरणको प्रयोग, कोष्ठकीय सन्दर्भ टिप्पणी तथा सन्दर्भसामग्री सूचीकरणको व्यवस्थापन एवम् तिनको अन्तरसम्बन्धको विश्लेषण गरिएको छ । प्राज्ञिक लेखन तर्क पद्धतिमा आधारित वस्तुपरक, व्यवस्थित एवम् वैज्ञानिक लेखन भएकाले यो निश्चित पद्धतिमा आधारित हुन्छ । प्राज्ञिक लेखनको अभिलेखीकरण पद्धति यसै विषयसँग सम्बद्ध भएको हुनाले अभिलेखन पद्धतिको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा विभिन्न शोधप्रतिवेदन र शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्पmत अभिलेखीकरण पद्धतिको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । अभिलेखीकरण पद्धतिको समुचित प्रयोगबाट नै उपयुक्त प्राज्ञिक लेखन गर्न सम्भव हुने हुनाले प्राज्ञिक लेखकलाई यसको राम्रो दख्खल हुनु आवश्यक छ भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत छ । नेपाली भाषाका लागि छुट्टै अभिलेखीकरण पद्धतिको आवश्यकता रहेकाले यसका लागि हालको प्रयोगको अवस्था र नेपाली भाषाको अनुकूलताका दृष्टिले एपिए शैलीलाई आधार मानी त्यसलाई अनुकूलन गर्नु उपयुक्त हुन्छ भन्ने कुरालाई प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ । यस अध्ययनले त्यसका निम्ति एउटा सैद्धान्तिक आधार दिएको कुरा यसमा प्रस्तुत छ ।