विश्वेश्वरप्रसाद कोइरालाको मेरो जीवन कथाका सामाजिक र साहित्यिक विशेषताहरू
DOI:
https://doi.org/10.3126/ss.v11i01.73614Keywords:
समाख्यानात्मक, अतिशयोक्तिमूलक, शब्दशक्ति, कलात्मक प्रस्तुति, अजातशत्रुताAbstract
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाको ‘मेरो जीवन कथा’ मा अभिव्यक्त सामाजिक र साहित्यिक वैशिष्ट्यको निरूपणमा केन्द्रित छ । गुणात्मक उपागममा आधारित प्रस्तुत लेखमा विश्लेषणात्मक विधिको प्रयोग गरी विश्वेश्वरप्रसाद कोइरालाको मेरो जीवन कथामा प्रयुक्त सामाजिक र साहित्यिक वैशिष्ट्यको निर्क्योल गरिएको छ । त्यसैले यसमा उनको मेरो जीवन कथा कृतिलाई प्राथमिक सामग्रीका रूपमा लिई यससँग सम्बन्धित लेख तथा पुस्तकलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । लेखकको बाल्यकालको आत्मपरक वर्णनमा आधारित यो प्रबन्ध जीवनीका रूपमा लेखिएको छ र लेखन शैली समाख्यानात्मक र वर्णनात्मक रहेको छ । यस रचनाले ऐतिहासिक घटना, पारिवारिक जीवन, राजनीतिक परिवेश र कलात्मक प्रस्तुतिलाई महइभ्व दिएको छ । यस रचनालाई विचारपरक निबन्ध, बाल्यकालीन आत्मकथा र घटनाप्रधान प्रबन्ध पनि मान्न सकिन्छ तापनि यसमा कोइरालाको चिन्तनले महत्त्व पाएको छ । प्रस्तुत अध्ययनबाट विश्वेश्वरप्रसाद कोइरालाको यस कृतिमा उनको विद्रोहात्मक प्रवृत्ति, स्वकर्तव्य, मातृवात्सल्य र पितृभक्ति, अजातशत्रुताको भावना, प्रजातान्त्रिक राजनीतिक चिन्तन जस्ता सामाजिक वैशिष्ट्यका साथै समाख्यानात्मकता, समालोचकीयता, कुशल औपन्यासिक सङ्गठन र कलात्मक सौन्दर्य जस्ता साहित्यिक वैशिष्ट्य पाइन्छन् भन्ने निष्कर्ष प्राप्त भएको छ ।