सङ्कथनको सन्दर्भपरक अर्थ निर्धारणका आधार
DOI:
https://doi.org/10.3126/ss.v10i1-2.68626Keywords:
प्रकार्य, विचारधारा, सङ्कथन, सन्दर्भता, संसक्ति, संयुक्तिAbstract
सङ्कथनको सन्दर्भपरक अर्थ निर्धारणका आधार शीर्षकको प्रस्तुत लेखमा सङ्कथनभित्र रहने पाठीय र पाठेतर सन्दर्भमाथि प्रकार्यपरक दृष्टि दिइएको छ । पाठमा सन्दर्भ र पाठ एकै पटक आउने हुँदा यसको सन्दर्भपरक प्रकार्यलाई यस लेखमा वर्णन गरिएको छ । संयुक्तिगत अर्थ सन्दर्भतासँग सम्बन्धित हुन्छ र वक्ता वा लेखकको आशयपरक शक्तिसँग संयुक्ति सम्बन्धित हुन्छ भन्ने विषयमा केन्द्रित भई यो अध्ययन गरिएको छ । यस अध्ययनमा सन्दर्भताबाट संयुक्तिको निर्धारण कसरी हुन्छ भन्ने मूल प्रश्नको समाधान खोजिएको छ । पाठको आफ्नो सन्दर्भ हुने र सन्दर्भको धारबाट पाठको अर्थ प्राप्त
भई पाठ संयुक्तिपूर्ण हुने कुरालाई सैद्धान्तिक स्तरमा विभिन्न दृष्टिका साथ विमर्श भएको पाइए तापनि यस अध्ययनमा प्रकार्यपरक तथा प्रयोगार्थपरक दृष्टिलाई आधार बनाई विमर्श गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा पुस्तकालयबाट प्राप्त सामग्रीका आधारमा वर्णन गरी संयुक्तिको आधार सन्दर्भ भएको कुरालाई पुष्टि गरिएको छ ।