रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्तमा अन्तर्निहित साहित्यशास्त्रीय र समालोचनात्मक आधार

Authors

  • गोविन्दप्रसाद Gobinda prasad लुइँटेल Luitel

DOI:

https://doi.org/10.3126/ss.v10i1-2.68616

Keywords:

दृष्टिविन्दु,, सङ्केन्द्रक,, सङ्केन्द्रित विचार,, सङ्केन्द्रित विषय,, समाख्याता

Abstract

प्रस्तुत अध्ययन आई. ए. रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्तमा अन्तर्निहित साहित्यशास्त्रीय एवम् समालोचनात्मक आधारको खोजीमा केन्द्रित छ । यसमा रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्तको सैद्धान्तिक आधारको विश्लेषण गर्नुका साथै तिनलाई साहित्य सिर्जना तथा समालोचनामा कसरी उपयोग गर्न सकिन्छ भन्ने कुराको निरूपण गरिएको छ । मनोवैज्ञानिक परिप्रेक्ष्यबाट कृतिको रचना तथा समीक्षा दुवै हुन सक्छ भन्ने सन्दर्भमा रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्त प्रतिपादित भएको पाइन्छ । मानिसका आवेग अथवा एषणालाई सन्तुष्ट पार्न सक्ने गुण नै साहित्यको मूल्य हो भने लेखकको अनुभूति मूल्य पाठकसम्म सम्प्रेषण हुनु र पाठकले त्यसलाई ग्रहण गर्नु सम्प्रेषण हो र साहित्यिक कृतिमा मूल्यवान् अनुभूति र सम्प्रेषणको गुण रहेको हुन्छ भन्ने कुरालाई सैद्धान्तिक आधारका रूपमा यसमा स्थापना गरिएको छ । यसका लागि सामग्रीका रूपमा आई. ए. रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्त र यससँग सम्बद्ध पुस्तक, लेख एवम् अध्ययनलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्फत मूल्य तथा सम्प्रेषण सिद्धान्तमा अन्तर्निहित साहित्यशास्त्रीय एवम् समालोचनात्मक आधारको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । मूल्यवान् कृति सम्प्रेषणीय हुने र सम्प्रेषणीय कृति मूल्यवान् हुने हुनाले रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्त सिर्जना तथा समालोचना दुवै परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक छ भन्ने प्राप्तिलाई निष्कर्षअन्तर्गत प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
86
PDF
58

Author Biography

गोविन्दप्रसाद Gobinda prasad लुइँटेल Luitel

नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि, नेपाल

Downloads

Published

2024-08-09

How to Cite

लुइँटेल Luitel ग. . G. prasad. (2024). रिचर्ड्सको मूल्य तथा सम्प्रेषण सिद्धान्तमा अन्तर्निहित साहित्यशास्त्रीय र समालोचनात्मक आधार. Saraswati Sadan सरस्वती सदन, 10(1-2), 41–50. https://doi.org/10.3126/ss.v10i1-2.68616

Issue

Section

Articles