चन्द्रवदन कथाको पाठपरक विश्लेषण

Authors

  • भुवन Bhuwan न्यौपाने Neupane

Keywords:

सङ्कथन, मनोविश्लेषण, क्षेत्र, सहभागी, माध्यम, सन्दर्भ, संसक्ति

Abstract

चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको अध्ययन भएकाले पुस्तकालयीय सामग्रीको सङ्कलन र अध्ययन गरिएको छ। खास गरेर संरचनात्मक तथा प्रकार्यपरक दृष्टिले समाख्यानको स्थूल र सूक्ष्म विषयको अध्ययन गरिएको छ । यस लेखमा कथाकी प्रमुख पात्र चन्द्रवदनका संज्ञान, संवेदना र अवधारणालाई महत्त्व दिई नारी पात्रकै मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई पाठीय तत्त्वका आधारमा अध्ययन गर्नुका साथै व्यक्तिका मानसिक क्रियाव्यापार, प्रक्रिया र वृत्तिलाई जनाउने शब्दको पुनःकथनात्मक तथा साहचर्यात्मक संसक्ति तथा पाठीय एकाइको सुदृढीकरणका लागि प्रयुक्त व्याकरणिक संसक्तिले कथामा कस्तो प्रकार्य गरेको छ भन्ने कुराको खोजी पनि यस लेखमा गरिएको छ । यौनको विषयसँग सम्बन्धित मनोवैज्ञानिक यथार्थवादलाई शिष्ट र सौम्य तरिकाले प्रस्तुत गर्दै झिनो घटनालाई व्यतिक्रमिक शिल्प शैलीका साथ प्रयोग गरेकै कारण यस कथाबाट नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो । फ्रायडवादी मान्यताका धरातलमा शिल्प शैलीगत विशिष्टता भएको विश्वेश्वरप्रसाद कोइरालाको 'चन्द्रवदन' कथाबाट नै नेपाली कथामा आधुनिकताको प्रारम्भ भएको हो। अतः यस कथाको पाठपरक सङ्गठनमा देखिएको वस्तुशैलीगत विशिष्टताका कारण यो कथा पहिलो आधुनिक कथा हो भन्ने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ । 

Abstract
163
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

चन्द्रवदन कथाको पाठपरक विश्लेषण. (2023). Saraswati Sadan सरस्वती सदन, 7(1-2), 121-141. https://doi.org/10.3126/ss.v7i1-2.65981

Issue

Section

Articles

How to Cite

चन्द्रवदन कथाको पाठपरक विश्लेषण. (2023). Saraswati Sadan सरस्वती सदन, 7(1-2), 121-141. https://doi.org/10.3126/ss.v7i1-2.65981