विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज

Authors

  • बच्चुराम Bachchuram भट्टराई Bhattarai

DOI:

https://doi.org/10.3126/ss.v7i1-2.65978

Keywords:

अमूर्त, अस्तित्ववाद, चेतनप्रवाह, निस्सारता, प्रयोगधर्मिता, विसङ्गतिवाद, शून्यता

Abstract

निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष्टिले उत्कृष्ट निबन्ध हो । मानवीय जीवनका निस्सारता, असङ्गत-विसङ्गत अवस्थाको यथार्थ चित्रण गर्नु प्रस्तुत निबन्धको अभीष्ट देखिन्छ । प्रस्तुत प्राज्ञिक लेख एब्स्ट्र्याक्ट चिन्तनः प्याज निबन्धमा प्रयुक्त विसङ्गतिवादी प्रवृत्तिको स्थिति निरूपणको अध्ययनमा आधारित छ । यस निबन्धमा एउटा प्याज ठोस र मूर्त देखिए पनि ताछ्दै जाँदा अन्त्यमा शून्यतामा आभासित भए झैँ मानवीय जीवनको यथार्थ रूप र सार पनि प्याजजस्तै शून्यमा विलीन हुने शून्यतावादी दृष्टिकोणलाई अमूर्तता, चेतनप्रवाह, प्रयोगधर्मिता, निजात्मकता आदि शैलीको कलात्मक प्रयोगबाट प्रस्तुत गरिएको पाइन्छ । मानवीय जीवनका विसङ्गत एवं निस्सार अवस्थाको विस्तार विकीर्ण रूपमा निबन्धभरि नै पाइन्छ । विसङ्गतिवादको अस्तित्ववादसँग घनिष्ठ सम्बन्ध रहेकाले यसमा निबन्धकारका भविष्यप्रतिको आशावादी दृष्टिकोण पनि अभिव्यक्त भएको छ । यसरी यसमा प्रयुक्त विसङ्गतिवाद र अस्तित्ववादका सूचक अभिव्यक्तिहरूबाट दुवै वादको संयोजन भएको पनि देखिन्छ । निबन्धकारले मूल अभीष्ट सिद्धिका लागि निस्सारता, शून्यता, असङ्गतिबोध आदि प्रवृत्तिको आधानबाट विसङ्गतिवादको अभिव्यञ्जना गरेका छन् । निबन्धमा प्रयुक्त विषयवस्तु, परिवेश आदि तत्त्वले विसङ्गतिवादका आधारभूत मान्यताहरूको निर्माणमा पोषकको काम गरेका छन् । प्रसङ्गानुसार विसङ्गतिवादका विभिन्न प्रवृत्ति प्रयुक्त हुँदै निबन्धलाई लामिछानेको निबन्धकारिताकै प्रतिनिधित्व गर्ने प्रमुख एवं सर्वोत्कृष्ट विसङ्गतिवादी कृति बनाउन सहयोगी बनेको देखिन्छ । निबन्धमा उल्लिखित उदाहरणहरूद्वारा विसङ्गतिवादी मूलभूत प्रवृत्तिको पुष्टि गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
37
PDF
16

Downloads

Published

2023-12-31

How to Cite

भट्टराई Bhattarai ब. B. (2023). विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज . Saraswati Sadan सरस्वती सदन, 7(1-2), 110–120. https://doi.org/10.3126/ss.v7i1-2.65978

Issue

Section

Articles