धाननाच र पालामको सांस्कृतिक अध्ययन

Authors

  • तुलसीप्रसाद Tulsi Prasad गौतम Gautam

DOI:

https://doi.org/10.3126/ss.v7i1-2.65977

Keywords:

धाननाच, मुन्धुम, ख्याली, पालाम, याः लाक्मा

Abstract

मुन्धुममा आधारित धाननाच लिम्बू जातिमा प्रचलित लोकनृत्य हो र यस नृत्यमा गाइने गीत पालाम हो । पालाम सुरु गर्नुभन्दा अगिका गीतका चरणहरूलाई ख्याली भनिन्छ । धाननाचको अध्ययन गर्दा के देखिन्छ भने यो लिम्बू समुदायका मानिसहरूले खेतीपाती थन्क्याइसकेपछि फुर्सदमा हाटबजार जाँदा र विभिन्न उत्सव अनि अवसरमा मनोरञ्जन गर्दा नाचिने लोकनृत्य हो। यस नृत्यमा गाइने ख्याली र पालाम चाहिँ चलनचल्तीका लोकगीत हुन् । यस अनुसन्धानमा ख्याली र पालाममा पाइने ज्ञानात्मक तत्त्व, विश्वास, सामाजिक मूल्य र सङ्केत व्यवस्था आदिको विश्लेषणात्मक विधिद्वारा अध्ययन गरिएको छ । यस अध्ययनले लिम्बू समाजमा प्रचलित धाननाच, त्यसमा गाइने ख्याली र पालाम जस्ता लोकगीतको परिचय प्रस्तुत गर्नुका साथै लिम्बू समाजको पारिवारिक सम्बन्ध, रीतिथिति, सामाजिक चालचलन, प्रेमी-प्रेमिकाका बिचमा हुने प्रेम र विछोडका कुरा र तिनको स्वरूप प्रस्तुत गरेको छ । यस शोधकार्यबाट धाननाचको उत्पत्ति, त्यसको सामाजिक मूल्यका साथै पालाम र ख्यालीको सांस्कृतिक महत्त्व प्रस्ट भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
11

Author Biography

तुलसीप्रसाद Tulsi Prasad गौतम Gautam

डा.

Downloads

Published

2023-12-31

How to Cite

गौतम Gautam त. T. P. (2023). धाननाच र पालामको सांस्कृतिक अध्ययन. Saraswati Sadan सरस्वती सदन, 7(1-2), 92–109. https://doi.org/10.3126/ss.v7i1-2.65977

Issue

Section

Articles