शोधप्रस्ताव र यसका अङ्गहरूका बिचको अन्तर्सम्बन्ध

Authors

  • गोविन्दप्रसाद Gobinda Parshad लुइटेल Luitel

DOI:

https://doi.org/10.3126/ss.v7i1-2.65976

Keywords:

नमुना छनौट पद्धति, शोधरिक्तता, समष्टि पद्धति, सामान्यीकरण, स्थानीय रङ्गविधान

Abstract

शोधप्रस्तावको परिचय र यसका अङ्गहरूका बिचको अन्तर्सम्बन्धमा केन्द्रित भई प्रस्तुत लेखमा शोधप्रस्तावको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । शोधकार्यमा शोधप्रस्तावले भावी शोधका निम्ति बनाइएको विशिष्ट योजनालाई बुझाउँछ । यस लेखमा शोधप्रस्ताव लेखनको तरिका, शोधरिक्तताको खोजी र शोधशीर्षक चयन, शोधप्रस्तावका अङ्गहरू र तिनको अन्तर्सम्बन्धको विश्लेषण गरिएको छ । शोधकार्य वैज्ञानिक प्रक्रिया भएकाले त्यसलाई सम्पन्न गर्न वस्तुपरक योजनाको आवश्यकता पर्छ र त्यही वस्तुपरक योजनाका रूपमा रहेको शोधप्रस्तावको सैद्धान्तिक आधारको स्थापना यस अध्ययनमा गरिएको छ । यसका लागि सामग्रीका रूपमा सम्पन्न भएका विभिन्न शोधप्रबन्ध र विद्वान्हरूका शोधसँग सम्बद्ध पुस्तक तथा लेखहरूलाई छनौट गरिएको छ । सामग्री छनौट गर्दा नमुना पद्धतिको प्रयोग गरिएको छ । सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । यो सैद्धान्तिक अध्ययन भएकाले यसमा निष्कर्षको सामान्यीकरणमार्फत शोधप्रस्तावको सैद्धान्तिक स्वरूपको निर्माण गरिएको छ । शोधप्रस्तावमा सामान्यतया विषयपरिचय, समस्याकथन, शोधको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, शोधको सीमाङ्कन, सामग्री सङ्कलन विधि, सामग्री विश्लेषण विधि, शोधपत्रको सम्भाव्य रूपरेखा जस्ता अङ्गहरू रहन्छन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । यस लेखमा शोधप्रस्तावका अङ्गहरूका बिचको अन्तर्सम्बन्ध हुने हुनाले ती अङ्गहरूका बिचको अन्तर्सम्बन्ध पहिचान गरी शोधप्रस्तावका अङ्गहरूभित्र रहने कुराहरूको समुचित प्रस्तुतिबाट शोधकार्यलाई व्यवस्थित गर्न सकिन्छ भन्ने प्राप्तिलाई निष्कर्षअन्तर्गत प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
15

Downloads

Published

2023-12-31

How to Cite

लुइटेल Luitel ग. . G. P. (2023). शोधप्रस्ताव र यसका अङ्गहरूका बिचको अन्तर्सम्बन्ध. Saraswati Sadan सरस्वती सदन, 7(1-2), 72–91. https://doi.org/10.3126/ss.v7i1-2.65976

Issue

Section

Articles