पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता

Authors

  • गोपालप्रसाद Gopal Prasad गैरे Gaire

DOI:

https://doi.org/10.3126/ss.v7i1-2.65975

Keywords:

पहाड, चिच्चाइरहेछ, नाट्यकृतिमा, अभिनेयता, रूपकत्व, स्वरभङ्ग, संवेगात्मक जीवन

Abstract

प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ । लिखित वा मुद्रित शब्दमा अभिव्यक्त जीवनाभूतिले कलात्मक ढङ्गमा श्रव्यदृश्य परिणति प्राप्त गर्दाका अवस्थामा नाटककारको रचनाकर्मले सार्थकता सिद्ध गर्छ । तसर्थ नाटकलाई रङ्गमञ्चीय प्रस्तुतिप्रदर्शनको विषय मानेर पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्यको निरूपण गरिएको छ। त्यसैले यस लेखमा अभिनेय गुणवैशिष्ट्यको निरूपणका लागि भरतद्वारा प्रवर्तित र परवर्ती आचार्यद्वारा प्रवर्धित अभिनय नाट्यमान्यतालाई आधार बनाइएको छ ।

नाटकलाई साहित्य कलाका अन्य भेदसरह साहित्यका सामान्य तत्त्वका आधारमा प्रस्तुत नाट्यकृतिको अध्ययन भएको पाइन्छ । त्यस्तै मल्लका समग्र नाटकको संरचना र शिल्प वैशिष्ट्यको अध्ययन भएको छ तापनि प्रस्तुत नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्यमा मात्र केन्द्रित भई विशिष्टीकृत अध्ययन भएको पाइँदैन । त्यसैले यो अध्ययन महत्त्वपूर्ण रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिमा आधारित छ र यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ। पहाड चिच्याइरहेछ नाट्यकृतिमा संरचित संवादको अध्ययन गर्दा हाम्रा मानसिकतामा आङ्गिक, वाचिक, सात्त्विक र सात्त्विक अनुक्रियाका बिम्बप्रतिबिम्ब तथा ध्वन्यात्मक लहरप्रतिलहरहरू उदाउँछन् । यिनै आधारहरूलाई मानससाक्षात्कार गरेर रङ्गकर्मीले चतुर्विध अभिनयमा रूपान्तरण गरी दर्शकमाझ नाट्यमर्मलाई श्रव्यदृश्य परिणति प्रदान गर्ने अवसर प्रचुर मात्रा छ । यसै कारणले प्रस्तुत नाट्यकृतिले श्रव्यदृश्य काव्यको महिमा उपार्जन गरेको छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
6

Downloads

Published

2023-12-31

How to Cite

गैरे Gaire ग. G. P. (2023). पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता. Saraswati Sadan सरस्वती सदन, 7(1-2), 56–71. https://doi.org/10.3126/ss.v7i1-2.65975

Issue

Section

Articles