नासाे कथामा लोकसंस्कृति

Authors

  • एकनारायण Eknarayan पौड्याल Paudyal

DOI:

https://doi.org/10.3126/ss.v7i1-2.65972

Keywords:

नासाे, कथामा, लोकसंस्कृति, लोकविश्वास, संस्कार

Abstract

प्रस्तुत लेखमा गुरुप्रसाद मैनालीद्वारा लिखित नासो कथासङ्ग्रहमा सङ्गृहीत 'नासो' शीर्षकको कथालाई लोकसंस्कृतिका आधारमा अध्ययन गरिएको छ । लेखमा कथाको विश्लेषण गर्नुपूर्व लोक र संस्कृति शब्दका अर्थ दिनाका साथै उक्त दुई शब्दका योगद्वारा निर्मित लोकसंस्कृति शब्दको तात्पर्यार्थ प्रस्तुत गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा विश्लेषित कथा र लोकसंस्कृतिका बारेमा उल्लेख गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्री प्रयोग गरिएको छ ।

विश्लेषणका लागि मानदण्ड तयार गर्दा आगमनात्मक विधि अवलम्बन गरिएको छ । लोकसंस्कृतिसँग सम्बन्धित लोकरीति, लोकधर्म, लोकसंस्कार, लोकविश्वास र लोकउपचारलाई मानदण्ड बनाई व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिद्वारा कथाको विश्लेषण गरिएको छ । निष्कर्षका रूपमा नेपाली ग्रामीण समाजको रीतिरिवाज, धर्म, संस्कार, लोकको आस्था र विश्वास, लोकले विश्वास गर्दै आएको परम्परागत उपचारपद्धति आदि संस्कृतिसम्बद्ध पक्षको स्वाभाविक र सुन्दर किसिमले प्रयोग गरिएका कारण कथा सफल र प्रभावकारी रहेको कुरा उल्लेख गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
14

Downloads

Published

2023-12-31

How to Cite

पौड्याल Paudyal ए. E. (2023). नासाे कथामा लोकसंस्कृति. Saraswati Sadan सरस्वती सदन, 7(1-2), 13–26. https://doi.org/10.3126/ss.v7i1-2.65972

Issue

Section

Articles