मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव

Authors

  • उर्मिला Urmila शर्मा Sharma

DOI:

https://doi.org/10.3126/ss.v7i1-2.65970

Keywords:

मधेसतिर कथामा वात्स्सा यनशास्त्रीय प्रभव, सम्पादकीय

Abstract

आचार्य वात्स्यायन पूर्वीय कामशास्त्री अर्थात् मनोविज्ञान शास्त्री हुन् । लगभग दुई सहस्राब्दीपूर्व नै मानवजीवनमा कामवृत्तिको सर्वोच्चता प्रमाणित गरेर उनले मानवजीवनको मनोवैज्ञानिक र यौनमनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएका छन् । विश्वको आधुनिक आख्यानसाहित्यमा पश्चिमी मनोविज्ञानशास्त्री सिग्मन्ड फ्रायडको 'मनोविश्लेषण' सिद्धान्तको प्रभावसँगै उनीभन्दा धेरै प्राचीन वात्स्यायनको 'कामसूत्र' को प्रभाव पनि उत्तिकै पाइन्छ ।

विश्वेश्वरप्रसाद कोइराला यिनै कामशास्त्रीहरूको प्रभावमा आधुनिक कथा - उपन्यास लेख्ने आख्यानकार हुन्। फ्रायडवादी कथाकारका रूपमा कोइरालाको अध्ययन भए पनि वात्स्यायनको कामशास्त्रीय कथाकारका रूपमा अध्ययन भएको छैन । कोइरालाको 'मधेसतिर' कथा आचार्य वात्स्यायनका कामवृत्तिको सर्वोच्चता, नारीकेन्द्री कामवृत्ति, नारीस्वतन्त्रता, आचारहीनता र कामान्धताको प्रतिवाद तथा संस्कृतिसापेक्ष मान्यताका प्रभावमा लेखिएको छ । यस अध्ययनमा यिनै वात्स्यायनशास्त्रीय मान्यताका आधारमा 'मधेसतिर' कथाको विश्लेषण गर्दा कथामा कामवृत्तिको सर्वोच्चता स्वीकार गरिनुका साथै कामान्धवृत्तिको प्रतिवाद गरिएको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
9

Downloads

Published

2023-12-31

How to Cite

शर्मा Sharma उ. U. (2023). मधेसतिर कथामा वात्स्सायनशास्त्रीय प्रभव. Saraswati Sadan सरस्वती सदन, 7(1-2), 1–12. https://doi.org/10.3126/ss.v7i1-2.65970

Issue

Section

Articles