थारू, मगर र बाहुन जातिमा प्रचलित लोकरामायणका परिवेशमा जातीय, सामाजिक र सांस्कृतिक अनुकूलन {Common among the Tharu, Magar and Bahun castes Caste in the environment of Lokramayana, Social and cultural adaptation}

Authors

  • मुकुन्द Mukunda शर्मा Sharma पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौं

DOI:

https://doi.org/10.3126/ss.v5i1-2.62562

Keywords:

लोकनाटक, लोकगीत, जातीय समुदाय, तराईको परिवेश, पहाडिया परिवेश, लोकगाथा

Abstract

प्रस्तुत लेख थारू, मगर र बाहुन जातिमा प्रचलित लोकरामायणमा चित्रित सांस्कृतिक परिवेशमा गरिएको अनुकूलनको पहिचानमा केन्द्रित छ । अनुकूलन तुलनाको विषय हो। भिन्नभिन्न जाति, भाषा, संस्कृति र भूगोलमा प्रचलित लोकसाहित्यका समान विषयवस्तुयुक्त प्रबन्धात्मक र नृत्य वा नाट्यमूलक विधाका परिवेश चित्रणमा सामान्यतः समानता नै पाइन्छ भने लोकसामग्रीका संवाहकले ती सामग्रीलाई आआफ्नो जाति, भाषा, संस्कृति र भूगोल अनुसार अनुकूलन गरी प्रस्तुत गर्दा परिवेशमा भिन्नता पनि आएको हुन्छ । यस आधारबाट हेर्दा तराईका थारू समुदायमा प्रचलित रामायणका परिवेश मूलतः मूलसामग्री अनुकूल हुनुका साथै नेपालको तराई भूभागको भूगोलगत परिवेश र थारू जातीय सांस्कृतिक परिवेशको चित्रण पनि पाइन्छ । यसै गरी पहाडिया बाहुन र मगर समुदायमा प्रचलित रामायणको परिवेश आआफ्नो संस्कृति अनुरूप नै अनुकूलन गरिएको भेटिन्छ । यसरी हेर्दा थारू र पहाडिया बाहुन समुदायको रामायणको परिवेश समान भेटिन्छ भने कतिपय ठाउँमा आफ्नो सांस्कृतिक परिवेश अनुसार अनुकूलन गरिएको भेटिन्छ ।यसैगरी मगरको रम्भायनमा अन्य रामायणका तुलनामा भिन्न र मगर संस्कृति अनुकूलका साथै नेपालको पहाडी भूगोल र त्यसमा पनि लुम्बिनी र गण्डकी सेरोफेरोको परिवेश पाइएको छ ।यसरी एउटै विषयवस्तुका लोकसामग्रीमा पनि जाति, भाषा, संस्कृति र भूगोलको परिवेश अनुसार अनुकूलन गरिएको हुन्छ भन्ने निष्कर्ष यस लेखबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
17

Author Biography

मुकुन्द Mukunda शर्मा Sharma, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौं

सहप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

शर्मा Sharma म. M. (2021). थारू, मगर र बाहुन जातिमा प्रचलित लोकरामायणका परिवेशमा जातीय, सामाजिक र सांस्कृतिक अनुकूलन {Common among the Tharu, Magar and Bahun castes Caste in the environment of Lokramayana, Social and cultural adaptation}. Saraswati Sadan सरस्वती सदन, 5(1-2), 113–125. https://doi.org/10.3126/ss.v5i1-2.62562

Issue

Section

Articles