खस जातिको लोकसाहित्य र संस्कृतिका बिच अन्तर्सम्बन्ध {Folklore and culture of Khas caste Interrelationships between}

Authors

  • मधुसूदन Madhusudan गिरी Giri Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

Keywords:

आष्ट्रिक, मङ्गोल, नेग्रा, ककेसियन, खस जाति

Abstract

खस आधुनिक मानवको पहिलो चरणमा विकसित ककेसियन, मङ्गोल, नेग्रो र आष्ट्रिक चार मूल जातिमध्ये ककेसियनका विभिन्न शाखाहरूमध्येको आदिम आर्य जातिकै एउटा शाखा कश अर्थात्अवैदिक आर्य जाति हो। आरम्भमा मध्य एसियाको युराल पर्वतमाला, ककेसस सेरोफेरोमा बस्ने ककेसियनहरू त्यहाँबाट बिस्तारै संसारभर फैलिएका देखिन्छन्। यीमध्य एउटा शाखा शक र कशमा विभाजित भएर इरान, मेसोपोटामिया आदि स्थानतर्फ फैलियो। तिनै आर्यबाट इरान नामकरण हुन पुग्यो। तीमध्ये एउटा शाखा शक इरानबाट मध्य भारतको गङ्गा नदीको मैदानमा आएर बस्यो र उसले त्यहाँ लौकिक परम्परामा रहेका वेदका ऋचाहरू निर्माण ग¥यो। अर्को शाखा कश मध्य भारतमा आएर वेद निर्माण गर्नुपूर्व नै फाटेर काश्मीर र काश्मीरसँगका भूभागसहितको बाल्हिक क्षेत्रमा आएर बस्यो। वेद निर्माण हुनुपूर्व नै फाटेर अर्को बाटो लागेकाले कश अर्थात्कालान्तरमा खस बनेको यस शाखाका वैदिक संस्कारहरू थिएनन् तर वेद निर्माण गर्नुपूर्व शाखा विभाजन नहुँदैका लौकिक परम्परामा रहेका यी दुवै थरीका साझा संस्कार र संस्कृति नै खस शाखाले पालन गर्दै रह्यो जसमध्ये कैयौँ वेदका अपरिष्कृत पूर्वरूप हुन्। ती संस्कारलाई खस जातिले लोकसाहित्यका आज प्रचलित मागल, धमारी, फाग, सगुन नाम दिइएका गीतका साथमा प्रयोगमा ल्यायो। यसरी खस जातिले जन्मदेखि मृत्युसम्मका शोडष संस्कारभन्दा पनि धेरै कर्ममा सयौँ मागल, फाग आदि गाएर कलात्मक ढङ्गले पूरा गर्न थाल्यो। यसैले खस जातिको लोकसाहित्य र संस्कार एवम्संस्कृतिको गहिरो सम्बन्ध छ ।

Abstract
178
PDF
0

Author Biography

मधुसूदन Madhusudan गिरी Giri, Trichandra Multiple Campus त्रिचन्द्र बहुमुखी क्याम्पस

सहप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

खस जातिको लोकसाहित्य र संस्कृतिका बिच अन्तर्सम्बन्ध {Folklore and culture of Khas caste Interrelationships between}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 99-112. https://doi.org/10.3126/ss.v5i1-2.62561

Issue

Section

Articles

How to Cite

खस जातिको लोकसाहित्य र संस्कृतिका बिच अन्तर्सम्बन्ध {Folklore and culture of Khas caste Interrelationships between}. (2021). Saraswati Sadan सरस्वती सदन, 5(1-2), 99-112. https://doi.org/10.3126/ss.v5i1-2.62561