सुलोचना महाकाव्यमा औपन्यासिक लक्षण

Authors

  • नित्यानन्द Nityananda खतिवडा Khatiwada ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

Keywords:

अनुभूति, अपेक्षित, परिस्थितिजन्य, मानविकीकरण, हार्दिकता

Abstract

प्रस्तुत लेख लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यको औपन्यासिकताको विश्लेषणमा केन्द्रित रहेको छ । काव्यकार लक्ष्मीप्रसाद देवकोटाका महाकाव्यगत प्रवृत्तिसमेत समेटिएको यस लेखमा महाकाव्य र उपन्यासको विधातात्त्विक सन्दर्भमा देखिएका समता र भिन्नताका आधारमा सुलोचनाको औपन्यासिक लक्षणाबारे विश्लेषण गरिएको छ । यस अध्ययनबाट प्राचीन विधा मानिएको महाकाव्य उपन्यासमय देखिनाका कारणहरूलाई देखाइएको छ । यस अध्ययनबाट सुलोचना काव्यको कथानकको विविध प्रकृतिसँगै घटनाको प्रस्तुतीकरणले यो औपन्यासिक काव्य बन्न पुगेको देखिन्छ भने काव्यमा रहेको पात्रको विश्लेषण, प्रकृतिचित्रण तथा भाषाशैलीको प्रयोगले सुलोचनालाई औपन्यासिक काव्य बन्न अझ प्रेरित गरेको पाइन्छ । यसका साथै काव्यकार स्वयम्ले यो उपन्यासमय बन्न पुगेको भनेबाट काव्यको औपन्यासिक तात्पर्य स्पष्ट भएको छ । यसरी उपन्यास र महाकाव्यका विगत सन्दर्भमा देखिएका कथानक, पात्र, परिवेश, भाषाशैलीमा प्राप्त समता र विषमतालाई अध्ययन गर्दा सुलोचना एउटा महत्त्वपूर्ण औपन्यासिक काव्य बन्न पुगेको पुष्टि हुन्छ । यस अध्ययनबाट सुलोचना काव्यको औपन्यासिकताबारे अध्ययन विश्लेषण हुन गई पाठकलाई कृतिको नवीनतम पाटापक्षबारे बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Abstract
152
PDF
0

Author Biography

नित्यानन्द Nityananda खतिवडा Khatiwada, ने. सं. वि. : पिण्डेश्वरविद्यापीठम्, धरान

उपप्राध्यापक : नेपाली

Downloads

Published

2024-09-02

How to Cite

सुलोचना महाकाव्यमा औपन्यासिक लक्षण. (2024). शोधसुधा Shodh Sudha, 2(2), 74-86. https://doi.org/10.3126/ss.v2i2.69312

Issue

Section

Articles

How to Cite

सुलोचना महाकाव्यमा औपन्यासिक लक्षण. (2024). शोधसुधा Shodh Sudha, 2(2), 74-86. https://doi.org/10.3126/ss.v2i2.69312