लाहुरी भैँसी कथाको रचनाविधान

Authors

Keywords:

कुटिल, प्रगतिवादी , रूपविन्यास, शोषक , संरचना

Abstract

रमेश विकलद्वारा रचित ‘लाहुरी भैँसी’ कथाको रचनाविधान पहिल्याउनु प्रस्तुत लेखको प्रमुख उद्देश्य रहेको छ।प्रस्तुत अनुसन्धानका लागि प्राथमिक स्रोतका रूपमा ‘लाहुरी भैँसी’ कथाबाट सोद्देश्यमूलक नमुना छनोट विधिद्वारा आवश्यक तथ्य सङ्कलन गरी गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी  विश्लेषणात्मक पद्धतिद्वारा सामग्रीको विश्लेषण  गरिएको छ। कथाको रूपविन्यास र संरचनालाई आधार मानी कथावस्तु, चरित्र,परिवेश,दृष्टिविन्दु,सारवस्तु,रुचिक्षेत्र,रीतिक्षेत्र र रूपिवन्यासजस्ता शीर्षकहरूमा आधारित भई कथाको सूक्ष्म विश्लेषण गरिएको छ।प्रस्तुत लेखमा लुखुरेले घरमा भित्र्याएको अत्यन्त लायकको लाहुरी भैँसी सोही गाउँका सामन्त द्वारेबाले कुटिल चाल चली भैँसीमा खोट रहेको झुठो आरोप लगाई निम्नवर्गीय किसानलाई छलेर षडयन्त्रपूर्वक भैँसी आफ्नो बनाएको  प्रसङ्गलाई केन्द्रमा राखी रचनाविधानका विविध तत्त्वका आधारमाविश्लेषण गरिएको छ ।यस कथामा द्वारेबाको षडयन्त्र र लुखुरेको विवशतामार्फत् ग्रामीण नेपाली  समाजको  सामाजिक व्यवस्थाका साथै  निम्न वर्गलाई  माथि उठ्न नदिने स्वार्थी  प्रवृत्तिको विरोध  गरिएको छ । कथामा प्रयुक्त वर्णनात्मक तथा संवादात्मक शैली, पात्रानुकूल ग्रामीण भाषा र उखानटुक्काको प्रयोगले प्रस्तुत कृतिलाई सरल, सहज र संवेद्य बनाएको छ।  लाहुरी भैँसीकै केन्द्रीयतामा रचिएको प्रस्तुत  कथाले  ग्रामीण नेपाली  समाजको वर्गीय भिन्नता र शोषणको वास्तविक रूपलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको देखिन्छ ।

Abstract
16
pdf
12

Downloads

Published

2026-09-01

Issue

Section

Research Articles

How to Cite

Acharya, A. (2026). लाहुरी भैँसी कथाको रचनाविधान. Sharada Research Journal, 1(2), 1-12. https://doi.org/10.3126/srj.v1i2.99107