'लिखे दमाईको पत्र: विष्टका नाउँमा’ कविताको दलित विमर्श
DOI:
https://doi.org/10.3126/spectrum.v4i1.92922Keywords:
अल्पसंख्यक, उत्पीडन, वर्णव्यवस्था, विभेदकारी व्यवहार, सामाजिक न्यायAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख ‘लिखे दमाईको पत्र: विष्टका नाउँमा’ कविताको दलित विमर्शमा केन्द्रित रहेको छ । प्रगतिवादी कवि विष्णु सुवेदीले यस कवितामा सामाजिक विमर्शात्मक संरचनामा हिन्दु वर्णव्यवस्थाको सांस्कृतिक विमर्शले निर्माण गरेको सोपानक्रमको आधारमा भएका विभिन्न वर्णका बिचको विभेदकारी व्यवहारलाई केन्द्रीय कथ्य बनाएका छन् । प्रस्तुत कवितामा पहाडी समाजमा कथित दलित दमाईले भोग्नुपरेका असमान व्यवहार, उत्पीडन र छुवाछुत, शोषणको कथ्यलाई उजागर गरिएको छ भने कथित उच्च जातीय विष्टका दमनकारी व्यवहार र सामन्ती व्यवहारबारे प्रस्ट पारिएको छ । यस कविताको बारेमा हालसम्म दलित विमर्शका दृष्टिकोणबाट अध्ययन नभएकोले यही नै यसको प्राज्ञिक समस्या हो र यही समस्याको समाधानको लागि प्रस्तुत अध्ययनको कार्य भएको हो । प्रस्तुत कवितालाई दलितको अवधारणाका आधारमा अध्ययन गरिएको छ । विवेच्य कविताको लागि प्राथमिक र द्वितीयक दुवै सामग्रीको उपयोग गरिएको छ । विवेच्य कवितालाई प्राथमिक सामग्रीको रूपमा उपयोग गरिएको छ भने कवितासँग सम्बन्धित र दलित विमर्शसँग सम्बन्धित सामग्रीहरूलाई द्वितीयक सामग्रीको रूपमा उपयोग गरिएको छ । यसका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । प्रस्तुत कविताको व्याख्याको लागि पाठमा आधारित विश्लेषण विधिको प्रयोग गरिएको छ । ‘लिखे दमाईको पत्रः विष्टका नाउँ’मा कवितालाई मुख्य आधार बनाई अर्थापन, सत्यापन गरी ठोस निष्कर्ष निकालिएको छ । अनुसन्धेय कवितामा नेपाली समाजमा हिन्दु वर्णव्यवस्थाले निर्माण गरेको निर्माण गरेको जातिव्यवस्था र उक्त व्यवस्थाको आडमा गरिने विभिन्न खालका शोषण, अन्याय, अत्याचार र विभेदकारी व्यवहारको वर्णनका साथै दमित पात्रमा सुषुष्त प्रतिरोधी चेतको कथ्यलाई मुख्य विषयवस्तु बनाइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.