शोधप्रस्तावका प्रमुख अङ्गहरू

Authors

  • Keshab Bhusal नेपाली शिक्षा विभाग शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि. वि

Keywords:

अनुसन्धान, भाषिक अनुसन्धान, शोधप्रस्ताव, शोधप्रस्ताव लेखन, शोधप्रस्तावका अङ्गहरू

Abstract

प्रस्तुत लेख शोधप्रस्ताव र यसका प्रमुख अङ्गहरूको चर्चामा आधारित रहेको छ । यस लेखमा शोधप्रस्तावका विभिन्न अङ्गहरू ः अध्ययनको पृष्ठभूमि, समस्याकथन, अध्ययनको उद्देश्य, अनुसन्धान प्रश्न, प्राक्कल्पना, पूर्वकार्यको पुनरावलोकन, अध्ययनको औचित्य, अध्ययन विधि र प्रक्रिया, अध्ययनको परिसीमा, प्रमुख शब्दावलीको परिभाषालगायतको सूक्ष्म व्याख्या–विश्लेषण गरिएको छ । शोधप्रस्तावको परिचय दिनु, शोधप्रस्तावका अङ्गहरू प्रस्तुत गर्नु, शोधप्रस्तावका अङ्गहरूको चर्चा गर्नु प्रस्तुत लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । यस लेखमा शोधप्रस्ताव र यसका अङ्गहरूको चर्चार्थ यसबारे व्याख्या–विश्लेषण गरिएका अङ्ग्रेजी तथा नेपाली सैद्धान्तिक सामग्रीहरूको सङ्कलन गरी आवश्यक कुराहरू ग्रहण गरिएको छ । प्रस्तुत लेखमा मूलतः गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । यस लेखमा प्राप्त तथ्य एवम् सूचनाहरूको व्याख्या विश्लेषणका लागि व्याख्यात्मक, विश्लेषणात्मक एवम् समीक्षात्मक विधिको अवलम्बन गरिएको छ । जसका आधारमा शोधप्रस्ताव अनुसन्धानपूर्व आवश्यक शोधमार्गका रूपमा रहेको, हरेक अनुसन्धानमा शोधप्रस्ताव आरम्भिक कार्यका रूपमा रहेको, यसका विविध अङ्गहरूको उपयुक्त प्रस्तुतिले शोधकार्य सहज तरिकाले सम्पन्न गर्न सकिने अवस्था रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले शोधप्रस्ताव, यसका अङ्ग र यसको लेखनबारे जानकारी राख्न इच्छुक विद्यार्थी, शिक्षक, शोधार्थी, लेखक, तथा विषय विशेषज्ञलाई समेत आवश्यक कुराहरू ग्रहण गर्न सघाउने अपेक्षा गरिएको छ ।

Abstract
90
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

शोधप्रस्तावका प्रमुख अङ्गहरू. (2023). Spandan, 13(2), 19-33. https://doi.org/10.3126/spandan.v13i2.76071

Issue

Section

Articles

How to Cite

शोधप्रस्तावका प्रमुख अङ्गहरू. (2023). Spandan, 13(2), 19-33. https://doi.org/10.3126/spandan.v13i2.76071