नेपाली भाषाशिक्षणमा प्रचलित भाषिक परीक्षण परिपाटी र सुधारका पक्ष

Authors

  • Omprakash Acharya त्रिभुवन विश्वविद्यालय, जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

Keywords:

औपचारिक, अङ्कन प्रणाली, प्रशिक्षण, प्रयोगात्मक, वैज्ञानिक, मूल्याङ्कन

Abstract

प्रस्तुत अध्ययन नेपाली भाषा शिक्षणमा प्रचलित भाषिक परीक्षण परिपाटी र यसका सुधारका पक्षसँग सम्बन्धित भएर गरिएको अध्ययन हो । नेपाली भाषाको शिक्षण सिकाइमा भाषिक परीक्षण परिपाटी कस्तो छ ? प्रचलित परिपाटीबाट परीक्षण पर्याप्त छ कि छैन ? शिक्षण परीक्षणमा देखिएको अभाव परिपूर्ती गर्न, प्रभावकारी बनाउन थप सुधारका पक्ष के के हुनसक्छन् ? भन्ने समस्यामा केन्द्रित भएर प्रचलित परीक्षण परिपाटीको अध्ययन गर्नु, शिक्षण अनुरुप परीक्षण प्रभावकारिताको खोजी गर्दै सुधारका पक्षहरु पहिल्याउनु यस अध्ययनको उद्देश्य हो । नेपाली भाषा शिक्षणको उद्देश्यअनुरुप शिक्षण नभएर नेपाली विषका रुपमा शिक्षण सिकाइ हुने परिपाटीले भाषिक परीक्षण परिपाटी विषगतरुपमा नै हुने गरेको छ । जुन परम्परावादी प्रक्रियाबाट बढ्दै गएको परिपे्रक्ष्यमा भाषिक सीपपरक शिक्षण परीक्षणको आवश्यकता छ । प्रथमत भाषा शिक्षण सिकाइ तत्पश्चात परीक्षण हुने गर्दछ । नेपाली भाषाको शिक्षण सिकाइमा भाषिक परीक्षण हुँदा औपचारिक रुपमा निश्चित समयावधिभित्र प्रश्नावलीका आधारमा परीक्षण गर्ने, सीपभन्दा विषयवस्तु केन्द्रित परीक्षण, अङ्कन प्रणालीमा लेखाइ र व्याकरणलाई हरेर मूल्याङ्कन गर्नु वास्तविक परीक्षणको अभाव, प्रयोगात्मक परीक्षणको अभाव, परीक्षण प्रशिक्षणको कमी, परीक्षणमा सम्बद्ध शिक्षकको सम्लग्नता नभएर गर्ने प्रणालीले भाषा शिक्षण सिकाइमा र त्यसको परीक्षणमा अवैज्ञानिकता, अपारदर्शिता एवम् अप्रभावकारी भएर चलेको छ । यसले विषयगत ज्ञान दिएको छ तर भाषिक सीपमा निपूर्णता, दक्षता प्राप्त गर्न सकेको छैन । भाषिक परीक्षण पनि त्यसरी नै हुने गरेको छ । त्यसका लागि नेपाली भाषा शिक्षण सिकाइ सीपपरक, अभ्यासात्मक, प्रयोगपरक गरिनुपर्छ सोही अनुरुप उपलब्धि हासिल भयो भएन भन्ने सम्बन्धमा परीक्षण केन्द्रित हुनुपर्छ । यसका लागि भाषाका चारै सीप समेट्ने गरी प्रयोगात्मक परीक्षणलाई प्राथमिकतामा राख्नुपर्छ, सीपपरक परीक्षणका लागि प्रशिक्षण दिनुपर्दछ, अभ्यासात्मक परीक्षण प्रणालीको विकास गर्नुपर्छ, भाषिक परीक्षण सम्बन्धित भाषागत शिक्षकबाट नै गर्नुपर्छ, परीक्षणसँग शिक्षण जोडिएको हुनाले शिक्षण परीक्षण भाषिक सीपगत दक्षतामा केन्द्रित हुनुपर्दछ ।

Abstract
89
PDF
0

Downloads

Published

2023-06-01

How to Cite

नेपाली भाषाशिक्षणमा प्रचलित भाषिक परीक्षण परिपाटी र सुधारका पक्ष. (2023). Spandan, 13(1), 19-27. https://doi.org/10.3126/spandan.v13i1.75509

Issue

Section

Articles

How to Cite

नेपाली भाषाशिक्षणमा प्रचलित भाषिक परीक्षण परिपाटी र सुधारका पक्ष. (2023). Spandan, 13(1), 19-27. https://doi.org/10.3126/spandan.v13i1.75509